फिल्ममा स्टन्ट गर्दा दुई कलाकारको मृत्यु

मनोरन्जन

२३ कार्तिक । एउटा फिल्मको ‘स्टन्ट’ गर्ने क्रममा दुई कलाकारको निधन भएको छ । हेलिकोप्टरबाट तालको पानीमा हाम्फाल्ने दृश्य छांयाकन गर्ने क्रममा उनीहरूको मृत्यु भएको बताइएको छ ।

भारतीय समाचार एजेन्सीका अनुसार कन्नड फिल्म ‘मस्ती गुडी’ को सुटिङमा खतरनाक दुर्घटना हुँदा दुबै कलाकारको मृत्यु भएको थियो । तालबाट फिल्मका हिरो दुनिया विजयलाई जिउँदै बाहिर निकालिएको थियो ।

बाँकी दुइ कलाकार उदय र अनीलको तालमै डुबेर निधन भएको आशंका गरिएको छ । उनीहरूलाई खोज्न गोताखोरको प्रयोग गरिएको बताइएको छ ।

सुटिङमा प्रयोग भएको हेलिकोप्टर तालको माथिबाट उडिरहेको थियो । यसै क्रममा तीनजना कलाकार तालको पानीमा हाम्फालेका थिए ।

उदय स्टन्ड गर्न माहिर मानिन्थे । पछि उनी दुनिया विजयको फिल्ममै भिलेनको भूमिकामा देखा परे । यस्तै, ‘एट–प्याक’ को कारण निकै चर्चामा रहने अनीलले २५ भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।

यी तीनै कलाकार हेलिकोप्टरबाट हाम्फालेपछि उनीहरूलाई लिन एउटा नाउ आउनु पर्ने थियो । तर, मौकामा नाउ सुटिङ स्थलमा नपुगेपछि यो दुर्घटना भएको बताइन्छ ।

Post Comment