२९,कार्तिक। नायक भुवन केसीका दुई श्रीमती छन् भन्ने कुरा धेरैलाई थाहा भएकै कुरा हो । कान्छी श्रीमती सुस्मिता केसीबाट जन्मेका छोरा अनमोलसँग काठमाडौंमा बस्छन् । सुस्मिता भुवनसँग अलग भइसकेकी छन् ।
भुवनकी जेठी श्रीमती विजया केसी हुन् । विजया अमेरिकामा आफ्ना एक छोरा एक छोरीसँग बस्दै आएकी छन् । भुवनको विजयाबाट काजल र विवेक गरी दुई सन्तान छन् ।
अनमोल लाई नचिन्ने कमै होलान् तर काजललाई चिन्ने कमै मात्र छन् । यिनि तिनै काजल हुन् जसको नाम बाट भुवन केसिले फिल्म निर्माण गर्दै आईरहेका छन् पहिले काजल फिल्मस् र अहिले सुपर काजल फिल्मस् ।
सुपर काजल फिल्मको व्यानरमा भुवनले पहिलो पटक निर्माण गरेको फिल्म हो ड्रिम्स ।
अमेरिकाको कोलोराडोमा भएको ‘खुम्बु खोल्च ग्लोबल फिल्म अवार्ड २०१६’ मा काजलले उद्घोषण गरेकी थिइन् । सो अवार्डमा भाग लिन भुवन केसी पनि अमेरिका पुगेका छन् ।
भुवनले आफ्नी छोरीको उद्घोषणको तारिफ गर्दै उनलाई बधाई दिएका छन् ।