राष्ट्रपति निर्वाचन पछि पहिलो अन्तरवार्तामा ३० लाख आप्रवासीलाई निर्वासित ( डिपोटेसन) गरिने कुरा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिविएस समाचारसंस्थाले गरेको पहिलो अन्तर्वार्तामा बताएका छन् ।
बढी संख्यामा मेक्सिकोबाट आएका र अमेरिकाभरी १ करोड १० लाख अवैधानिक आप्रवासी रहेको बताइएको छ । अन्तरर्वार्ताको क्रममा ट्रम्पले भनेअनुसार लागु औषध कारोवारी, आतंककारी पृष्टभुमि भएका, अपराधिक समुहमा मानव ओसार पसारमा संलग्नलाई निकालिने छ ।
अमेरिकामा यस निती लागु गरिएमा अमेरिकामा रहेका विभिन्न पेसा व्यवसाय गरेर बसेका नेपालीहरुलाई समेत अप्ठ्यारो पर्ने कुरा जानकारह बताउछन् । यद्यपी उनले अझै आफ्ना नीतिहरु लागु गराउन करीब दुई महिना कुर्नु पर्नेछ। उनी राष्ट्रपतीको रुपमा ह्वाईट हाउस छिर्नकोलागि प्रक्रियागत रुपमा करीब दुई महिना लाग्नेछ।