आफ्नो कार्यकाल पश्चात राष्ट्रपति बाराक ओबामा के गर्लान?

अमेरिका

संयुक्त राज्य अमेरिकाको हालसालै भएको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले जिते पश्चात राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकाल सकिएपछि के गर्लान भन्ने आम मानिसमा कौतुहलता छ । कार्यकाल सकिएपछि राष्ट्रपति बाराक ओबामा कस्तो जिन्दगाी विताउछन कस्तो पेशा व्यवसायमा आबद्ध हुनेछन भन्ने कुरा मानिसले अन्दाज लगाउन मुस्किल छ ।
जबकी कुनै आफ्नो संमरणका किताब लेख्लान वा बिशेषज्ञता अनुसारको काम गर्ने छन् । एक अन्तर्वार्तामा ओबामाले बताए अनुसार बाराक ओबामा र उनकि श्रीमति मिचेल ओबामा भएर एउटा किताब निकाल्ने योजनामा लागि रहेका छन् ।
त्यस्तै अमेरिकाका अरु राष्ट्रपतिले आफ्नो कार्यकाल पछि निम्न कार्यहरु गरेर आफ्नो जीवन यापन गरीरहेका छन् ।
जर्ज वाशिन्टन(१७८९–१७९७)
उनले आफनो कार्यकाल पछि एक फार्म दर्ता गरेर त्यस अन्र्तरगत प्लानटेशन घर बनाए र त्यसलाई माउण्ट वेरनानको नामले चिनिन्छ ।
जोन एडम्स(१७९७–१८०१)
उनको कार्यकाल पछि कृषि व्यवसायको काम सुरु गरे। यसको अलवा उनले आफनो जिवनको आत्म कथा लेख्न सुरुगरे तर पुरा गर्न सकेनन्।
थोमश जेफरशन(१८०१–१८०९)
उनले आफनो कार्यकाल सकिएपछि पनि शिक्षण पेशा जारी राखे र आफ्नो किताबहरुको संग्रह कांग्रेसको पुस्तकालयलाई बिक्रि गरे। उनले युनिभर्सिटी अफ भर्जिनियाको स्थापना पनि गरे।
जेम्स मैडिसन (१८०९–१८१७)
जेम्स मैडिसनले आफ्नो कार्यकाल पछि सुर्तिजन्य पदार्थको खेति सुरुगरे। सुर्तिजन्य पदार्थको मुल्यमा गिरावट आएर उनले ठुलो नोक्सान बेहोर्नु प¥्यो ।
विलियम टाफ्ट (१९०९–१९१३)
उनले आफ्नो कार्यकाल सकिएपछि उच्च न्यायलयको न्यायधिस बनेर १२ बर्ष काम गरे अमेरिकाको उच्च दुई पदमा रहेर काम गर्ने उनी एक मात्र व्यक्ति हुन ।
जिमी कार्टर (१९७७–१९८१)
उनले आफ्नो कार्यकाल पश्चात कार्टर सेन्टरको स्थापना गरे जुन सेन्टरले गरिबकालागि घर बनायो । त्यहाँ काम गरेबापत उनि नोबेल शान्ति पुरस्कारबाट सम्माति भए ।
रोनाल्ड रीगन (१९८१–१९८९)
रोनाल्ड रीगन र जर्ज डब्लुकस आफ्नो पैसा लिएर स्पिच दिने काम गरे । रोनाल्ड रिगनले जापानमा दिएको दुईवटा स्पिचको दुई मिलियन डलर लिएका थिए ।
विल क्लिटन (१९९३–२००१)
विल क्लिटन पनि आफ्नो कार्यकाल पच्चात व्यवसायिक रुपमा विभिन्न देशहरुमा गएर स्पिच दिने काम गर्छन ।उनले एक भाषणको २,२५,००० डलर लिएका थिए। युरोपमा गएर दिएको भाषणबाट १.४ मिलियन डलर कमाए ।
जर्ज डब्लुबुश (२००१–२००९)
उनले पनि कार्यकाल पश्चात स्पिच दिने काम गरे र भाषण वाजीमा निकै चर्चित बने एक भाषणको एक लाख डलर देखि एक लाख पचास हजार डलर लिने गरेका छन् ।२००९ मा राष्ट्रपति छोडेपछि उनले करिब २०० वटा भषण दिइसकेका छन् ।
कार्यकालकै समयमा चार हत्या र चार जानाको मृत्यु
राष्ट्रपतिको रुपमा निर्वाचित चारको कार्यकालकै समयमा मृत्यु भएको थियो। यसरी मृत्यु हुनेमा विलियम हेनरी हेरीसन,जेकरी टेलर, वारेन हार्डीङ र फ्रैक्लिन रुज्वैल्ट रहेका थिए भने हत्या हुनेमा हब्राहम लिङ्कन,जेम्स गाफिल्ड, विलियम मकिन्लि र जोन अफ केनेडी रहेका थिए।

Post Comment