नेजाद्वारा स्वर्गीय पत्रकार न्यौपानेका परिवारका लागि १० हजार ५ सय ८८ डलर सहयोग

अमेरिका

प्रेस विज्ञप्ति

नेपाल अमेरिका पत्रकार संघ नेजाले स्वर्गिय पत्रकार संजय न्यौपानेको छोरा छोरीको शिक्षाका लागि १० हजार ५ सय ८८ डलर सङ्कलन गरेको छ । उक्त सहयोग रकम बैङ्क अफ अमेरिकामा रहेको नेजाको चल्ति खाताबाट नेपाल पत्रकार महासंघको बैङ्क खातामा पठाइएको छ । २०१६ नोभेम्बर १५ सम्म यो रकम सङ्कलन भएको हो । यो रकम स्वर्गिय पत्रकार संजय न्यौपानेको छोरा, छोरीको शिक्षामा खर्च गर्ने गरी नेजाले नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरेको हो । न्यौपानेका छोरा, छोरीको नाममा मुद्दति खाता खोलेर उनीहरूको शिक्षामा मात्रै खर्च गर्ने गरी नेपालको कुनै वाणिज्य बैङ्कमा संकलित रकम राखिनेछ । यो बैङ्क खाताको संरक्षक स्वर्गिय न्यौपानेकी श्रीमती रहनु हुनेछ । नेजाले केही दिनअघि नेजा सदस्यसमेत रहनुभएका नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व अध्यक्ष नारायण सापकोटाको संयोजकत्वमा सहयोग सङ्कलन समिति गठन गरेको थियो । समितिको सदस्यहरूमा विजय घिमिरे, सुरेशचन्द्र पोखरेल, प्रतिमा वास्कोटा, इश्वरी न्यौपाने र विष्णु शीतल रहनुभएको थियो । संयोजक सहित समितिका सम्पूर्ण सदस्यलाई नेजा धन्यवाद दिन चाहन्छ । सहयोग गर्नेहरुको नामावली नेजाको अफिसियल फेसबुक पेज र वेभसाईटमा राखिनेछ । न्यौपानेको उपचारका लागि सहयोग सङ्कलन सुरु गरिएको थियो । उपचार गर्दा गर्दै उहाँ हामीलाई छोडेर अनन्तमा लिन हुनु भयो । उहाँको उपचारमा सहयोग गर्न नसकेपनि न्यौपानेका छोरा, छोरीको शिक्षामा संकलित सहयोग खर्च गर्ने निर्णय भैसकेको छ । यही अनुरूपको व्यवस्थाका लागि नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टलाई अनुरोध गरिएको छ ।

सहयोगका लागि सबैमा फेरि पनि धन्यवाद ।

तोया दाहाल महासचिव,

नेपाल अमेरिका पत्रकार संघ,नेजा

सहयोगीहरूको नामावली योगेश खतिवडा ७५५ डलर, रोशन अधिकारी ७५५ डलर, शिला पाण्डे ७५५ डलर, सुरेशचन्द्र पोखरेल ५०० डलर, अमर क्षेत्री ५०० डलर, गौरी जोशी २६० डलर, उत्तम लामिछाने २०२ डलर, किर्तन अधिकारी २०२ डलर, शान्ता भट्टराई २०० डलर, तारा रावल, संजय घिमिरे र विजय घिमिरे २०० डलर, बावुराम भट्टराई २०० डलर, कमला थापा २०० डलर, प्रतिमा वास्कोटा २०० डलर, लोकमणी राई २०० डलर, रमेश पोखरेल २०० डलर, मुकेश बराल १५० डलर, वासु घिमिरे १२६ डलर, तोया दाहाल १११, गिरिश पोखरेल ११० डलर , जाङबु शेर्पा १०५ डलर, गुणराज लुईंटेल १०१ डलर, मिजु कायस्थ्य १०१ डलर , सन्दीप चौधरी (एसबावु) १०१ डलर, ध्रुव कुँवर १०१ डलर, कृष्ण शर्मा १०१, सुशील न्यौपाने १०१ डलर विष्णु शितल १०० डलर, नारायण सापकोटा १०० डलर, भोला आचार्य १०० डलर, आङछिरिङ शेर्पा १०० डलर, शिव नेपाल १०० डलर, पुरुषोतम बराल १०० डलर, राजेन्द्र ज्ञवाली १०० डलर, रायन चौधरी १०० डलर, कृष्ण लामिछाने १०० डलर, भूवन आचार्य १०० डलर, वासुदेव भण्डारी १०० डलर, केदार तिमल्सिना १०० डलर, वाल जोशी १०० डलर, हरिवोल भण्डारी १०० डलर, विनय अर्याल १०० डलर, मुरली अधिकारी १०० डलर, नामु लामा १०० डलर, संजय पटेल १०० डलर, सुदर्शन वली १०० डलर, इश्वरी न्यौपाने ७१ डलर, भगवान खडका ५५ डलर , लोमश जोशी ५५ डलर, आङकामी शेर्पा ५१ डलर , अग्नी चौलागाईं ५१ डलर, विआरटि नेपाल डटकम ५१ डलर, चित्र अधिकारी ५१ डलर, पूर्ण शेर्पा ५१ डलर कमल सत्याल ५१ डलर, अर्जुन बन्जाडे ५१ डलर, पुरुषोतम ढकाल ५१ डलर, राम लामा ५१ डलर, बेदभक्त जोशी ५१ डलर, मदन पाठक ५१ डलर, भक्त थापा ५१ डलर, राजेन्द्र शिवाकोटि ५१ डलर, डोल्मा लामा ५१ डलर, कृष्ण कोइराला ५१ डलर, शारदा श्रेष्ठ ५१ डलर, रामवावु पाण्डे ५१ डलर, सुदिप पन्त ५१ डलर, प्रेम गुरागाई ५१ डलर, सुर्य प्रसाई ५१ डलर, विकल पराजुली ५१ डलर, निमा पाख्रिन ५० डलर , विष्णु पौडेल ५० डलर, रामचन्द्र भट्ट ५० डलर, अभिनव अधिकारी ५० डलर , मनोज घिमिरे ५० डलर , सुनिलमनि दाहाल ५० डलर, निदेश अधिकारी ५० डलर, धर्म भटराई ५० डलर, नारायण खनाल ५० डलर, विष्णु शाह ४१ डलर, राधाकृष्ण काफले ४० डलर, राम पोखरेल ४० डलर, ऋषि अधिकारी २६ डलर, लेखनाथ भण्डारी २५ डलर, अनुप अधिकारी २५ डलर, डिल्ली थापा २५ डलर, शान्तिराम ढकाल २५ डलर, हरि शर्मा २५ डलर, चिरन गौतम २५ डलर, नविन पोखरेल २५ डलर, यम घिमिरे २५ डलर राजेश पाण्डे २१ डलर, उमेश राज अर्याल २१ डलर, कविन्द्र सिंह २० डलर, छवि चापागाई २० डलर, अनुज थापा २० डलर

जम्मा संकलित रकम अमेरिकी डलरमा-१०५८८

Post Comment