२ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नागरिकताको विषयमा अंगीकृत नागरिकलाई कुनै पनि हालतमा संवैधानिक अधिकार दिन नसकिने बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष रावलले अंगीकृत नागरिकहरूलाई उच्च पदहरूमा जान दिन बाटो खोल्नै नसकिने बताउनुभयो ।
‘अंगीकृत नागरिकहरूको विषयमा संविधानले स्पष्ट व्यवस्था गरेको छ’, उहाँले भन्नुभयो, ‘अंगीकृत नागरिकलाई जसरी अधिकार माग गरिएको छ त्यो कदापि दिन सकिदैन ।’
नेपाल जस्तो सानो मुलुकमा र भारतसँग खुला सीमा रहेको अवस्थामा अंगीकृत नागरिकलाई अधिकार दिने कुनै प्राकृतिक सिद्धान्तको मान्यता विपरित रहेको उहाँको तर्क थियो ।
सीमाङ्कनका विषयमा पनि उपाध्यक्ष रावलले मधेसी मोर्चाले भने जसरी कुनै हालतमा गर्न नसकिने उल्लेख गर्नुभयो ।