मुडभेटको सम्भावना रहेको भन्दै सेनाले गर्यो तयारी , सेनापतिले दिए यस्तो निर्देशन

समाचार

८ मंसिर । प्रधानसेनापति राजेन्द्र क्षत्रीले विद्यमान परिस्थितिको मूल्यांकन गरी आउन सक्ने जस्तोसुकै चुनौतीको सामना गर्न तयारी रहन निर्देशन दिएका छन् ।

मङ्गलबारदेखि जङ्गीअड्डामा प्रधान सेनापति, पिएसओज रथीबृन्द तथा पृतनापति सम्मिलित दुई दिने पृतनापति समन्वयात्मक बैठकको बुधबार समापन गर्दै क्षत्रीले तयारीअवस्थामा रहन मातहत युनिटलाई निर्देशन दिएका हुन् ।सरकारले संविधान संशोधन गर्ने तयारीगरिरहेको, प्रतिपक्षी एमालेले संशोधन प्रस्ताव कुनै हालतमा नमान्ने र मधेसी मोर्चाले आन्दोलन गर्ने बताइरहँदा हुनसक्ने सम्भावित घटनाक्रमतर्फ संकेत गर्दै प्रधानसेनापति क्षत्रीले भने– ‘विद्यमान परिस्थितिको मूल्यांकन गरी आउन सक्ने जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेशनल, तालिमतथा बन्दोबस्ती पक्षमा हरहमेसा तयारी रहनुस् ।’

बैठकका क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयतथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवम् सुझावको सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Post Comment