१० मंसीर । फिल्म डायरीको टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मको कथालाई भन्ने प्रयास गरिएको छ । फिल्ममा छुल्ठिम गुरुङ , सन्नी सिंह र रेखा थापाको अभिनय रहेको छ । छुल्ठिम र सन्नीको मायाको संसारमा रेखाको प्रवेश भएसंगै आउने अवस्थालाई फिल्ममा देखाइएको छ ।
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको यस फिल्मलाई आवरण फिल्म मार्फत निर्माताको रुपमा फिल्ममा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन् । फिल्म नोभेम्बेर रेन मार्फत डल्लीको उपनामले चर्चामा आएकी अभिनेत्री छुल्ठिम गुरुङ यसै फिल्म मार्फत निर्मात्री बनेकी छिन । फिल्ममा रेखा भने भिलेनको रुपमा देखिएकी छिन ।
[youtube https://www.youtube.com/watch?v=aSgUk8AKioY]
पछिल्लो समय फिल्म नै हाक्ने रेखा यसमा भने कथा सुहाउदो भएकोले नै भिलेन बनेकी हुन् । फिल्ममा रुपा राणा , बिनोद पौडेल , दिनेश डिसी लगायतको पनि अभिनय रहनेछ । फिल्ममा कथा छेतेन गुरुङको रहेको छ । फिल्मलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पदान गरेका छन् । फिल्म आउदो चैत्रमा प्रदर्शन हुनेछ ।