काष्ट्रो एक बर्बर तानाशाहः डोनल्ड ट्रम्प।

अमेरिका जनसरोकार

१२ मंसिर। नब्बे वर्षको उमेरमा शुक्रबार राती निधन भएका क्यूवाका चर्चित पूर्वराष्ट्रपति फिडेल काष्ट्रोलाई अमेरीकाका राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले एक बर्बर तानाशाहको संज्ञा दिएका छन्।

जनवरीमा कार्यभार सम्हाल्न लागेका ट्रम्पले एक वक्तव्यमा क्यूवा अझै पनि सर्वसत्तावादी टापुरहेको उल्लेख गर्दै अब अन्तनः क्यूबाली जनताले स्वतन्त्र भविष्य तर्फ पाईला चाल्ने आशा व्यक्त गरे।

सन् १९५९ मा सत्तामा पुगेका काष्ट्रोले कम्युनिष्ट क्रान्ति गरे र उनले शक्तिशाली छिमेकि अमेरीकालाई दशकौंसम्म हाँक दिए। आफ्नो ज्यानमार्ने षडयन्त्रबाट समेत उनी जोगिए।

काष्ट्रोका समर्थकहरुले उनले क्यूबा देश जनतालाई सुम्पिएको बताउने गरेका छन भने विरोधीहरुले क्यूवाली जनताले स्वतन्त्र भविष्यतर्फ पाइला चाल्ने आशा व्यक्त गरेका छन।

Post Comment