लवक, २६ नोभेम्बर २०१६ का दिन टेक्सास राज्यको लबकमा ब्लड डोनर्स अफ अमेरिका (BDA) अमेरिकी नेपाली नर्स समाज (SANN), लबक नेपाली समाज (NSL) तथा नेपाल विद्यार्थी संगठन – टेक्सास टेक युनिभर्सिटी (NSA-TTU) को संयुक्त आयोजनामा नेपाली समुदायबाट आठौं पटक रक्तदान सम्पन्न भएको छ।
ब्लड डोनर्स अफ अमेरिका कोषाध्यक्ष रेशम घर्तिको सक्रियता रहेको उक्त रक्तदान कार्यक्रममा सहभागी २३ जना आकॉक्षिदाताहरु रहनु भएकोमा २ जनाको हेमोग्लोविनको कमी, एकजनाको कम तौल र अन्यको ब्यक्तिगत कठिनाइका कारण १३ जनाले रक्तदान गर्न सफल हुनु भएको थियो ।
करीब १२० जना मात्रै वयस्क नेपालीहरु बसोबास गर्ने लबकमा पटक पटक बिदेश भ्रमण तथा बिबिध कारणले एक पटकमा ४०-५० जनाको मात्रै रक्तदानको लागि योग्यता पुग्ने सम्भाबना रहन्छ ।
अशक्त बिरामीहरुको जीबनको रक्षार्थ प्रवासमा नेपालीहरू रक्तदान जस्तो पवित्र सेवामा सरिक भईरहेको भेटिन्छ ।
यसपटकका सहभागी रक्तदाताहरू:
१. सोनी कर्माचार्य
२. आश्लीन हाइनर
३. शिव राई
४. प्रशान गुरुंग
५. डा. मेघनाथ पराजुली
६. सुरेन्द्र गौतम
७. डा. बिभा गौतम
८. हुमनाथ भण्डारी
९. ईश्वर श्रेष्ठ
१०. सुलभ पौडेल
११. राज श्रेष्ठ
१२. गंगा आचार्य
१३. शारदा थापा