१४ मंसिर, संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यका कतिपय मस्जिदमा धम्कीपूण पत्र फेला परेको छ ।ती पत्रमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंषा गरिएको बताइएको छ ।
लस एन्जलस टाइम्सका अनुसार ती सबै पत्र हस्तलिखित छन्। पत्रमा अमेरिकामा बस्ने मुसलमानको नरसंहार गर्ने धम्की दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
क्यालिफोर्नियामा नरसंहारको खतरालाई मध्यनजर गर्दै धम्कीपूर्ण पत्र प्राप्त भएपछि काउन्सिल अन अमेरिकन इस्लामिक रिलेसन्स् (सिएआइआर) ले स्थानिय मस्जिदमा सुरक्षा व्यवस्था कडा पार्न प्रहरीसँग अपिल गरेको थियो।
पत्रमा मुस्लिम समुदायलाई सैनातको बच्चाका नामले सम्बोधन गरिएको छ । साथै पत्रमा मुसलमानलाई तल्लोस्तर र फोहोरी भएको टिप्पणी गरिएको छ। पत्रमा उनीहरुलाई उल्टो दिनगन्ती सुरु भएको उल्लेख छ। एफविआइको नयाँ तथ्यांक अनुसार २०१५ मा मुस्लिम विरोधी घटना ६७ प्रतिशत बृद्धि भएको छ। गत वर्ष अमेरिकामा मुसलमान विरोधि २५७ घटना भएका थिए।