विराटनगर, २७ मङ्सिर । पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस आदर्श बहुमुखी क्याम्पस विराटनगरले शैक्षिकसत्र २०७१÷७२ देखि सोसल वर्क विषयको अध्यापन गराउने भएको छ ।पूर्वाञ्चल विश्वविद्यालयले पुस ३ गतेदेखि पहिलोपटक स्नातक तहमा सो विषयको अध्यापन गराउने भएको हो । विश्वविद्यालयले सो कुराको जानकारी गराएको हो ।
आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख राम ढकालले सो विषय अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रममा आधारित रहेको जानकारी दिनुभयो । जुनसुकै विषयमा पनि ४० प्रतिशत अङ्क ल्याई उच्च मावि उत्तीर्ण गरेका विद्यार्थीले सो विषय पढ्न पाउने उहाँले जानकारी दिनुभयो ।
सो विषयको अध्यापन अङ्ग्रेजी माध्यममा हुने क्याम्पसले जनाएको छ । रासस