स्ट्यासे नाइटो, बोर्डले प्रमाणित गरेकी चिकित्सक, एक मोडल र फिटनेसको क्रेजी हुन् । लस एन्जलसकी यी डाक्टरको सुगठित शरिर धेरैको लागि प्रेरणा बन्न सक्छ । उनलाई धेरैले ‘हट डाक्टर’ को उपाधि दिएका छन् ।
उनले विगत धेरै वर्ष अघिदेखि मोडलिङ गरिरहेकी छिन् र उनले यति चाँडै यो पेशालाई बिर्सन नसक्ने बताएकी छिन् । मोडलिङले नै उनको शरिरलाई सेपमा रहिरहन मद्दत गरेको छ । मज्जाले शरिर देखाउने भएकाले उनले सोसल मिडियामा निकै आलोचना खेप्नुपर्छ । तर यी नकारात्मक प्रतिक्रियाले उनी आफ्नो कदम नडगमगाओस् भन्ने चाहन्छिन् । उनी भन्छिन्, ‘म व्यवसायिक रुपमा डाक्टर हुँ तर क्लिनिक बाहिर म मेरो शरिर देखाउँन बन्द गर्दिनँ ।’
‘मेरो जीवन निकै राम्रो र उत्साहले भरिएको छ त्यसकारण म डिप्रेसनबाट सजिलै भाग्न सक्छु,’ उनी थप्छिन् ।