बर्सौ देखि नेपालीहरु न्यु जिल्यान्डमा बस्दै आए पनि क्रिसमस अघि हुने शान्टा परेडमा भने गत बर्ष देखि क्यान्टबरी नेपाली सोसाइटिले भाग लिन सुरु गरेको हो । पोहोर साल भन्दा यस पटक धेरै नेपालीहरुको सहभागिता रहेको थियो । यस बर्षको मुख्य आकर्षणका रुपमा न्यु जिल्यान्डको सडकमा पहिलो पल्ट नेपाली पन्चे बाजा घन्किएको थियो भने अर्को तर्फ नेवारी सस्कृतिको झल्को दिने गरि लाखे नाच नै हो ।
नेपाल न्यु जिल्यान्ड फ्राईडशिप सोसाईटिका सभापति सागर पाण्डेका अनुसार जो नेपाल गएको छ उनीहरुले त देखेका होलान नेपाली कला र सस्कृति तर जो गएको छैन ति किवीहरुलाई प्लस अन्य देशबाट क्राइस्ट चर्चमा बसोबास गरेका छन् उनीहरुलाई नेपाल चिनाउने प्रयाश स्वरूप यो लाखे नाच र बौद्ध स्तुपाको प्रदर्शन गरिएको हो । मिडियासंग कुरा गर्दै पाण्डेले सामग्री उपलब्ध गराउने ज्ञानी प्रधान, लाखे नाच प्रस्तुत गर्ने हिमांसु ढुंगेल लगाएत सम्पूर्ण सहभागीहरु प्रति आभार प्रकट गर्नु भयो ।
लाखौको संख्यामा क्राइस्ट चर्चबाशीहरु सडकको दुइ किनारामा लाम बद्ध भएर सो परेडको अबलोकन गरेका थिए । बिभिन्न देशका १५० भन्दा बडी समुदायका मानिसहरुले आआफ्ना कला सस्कृति झल्किने झाकी, नृत्य, भेष भुष र गीत संगीत प्रस्तुत गरेका थिए । संसारभरिकै बाजाहरु मध्येको लामो र फरक लम्बाई भएको नेपाली नर्सिया तिर सबैका आखा लागेका थिए ।
न्यु जिल्यान्डका लागि नेपाली मानार्थ पर्यटन दुत समेत रहनु भएका बुद्धि सागर घिमिरेको पहलमा ल्याइएको पन्चे बाजा बजाउनेहरुले उत्कृस्ट काला प्रस्तुत गरेका थिए भने नर्सिया लिएर आफै सडकमा उत्रदा सयौ दर्सकहरुले तालिले स्वागत गरेका थिए ।
एनजेडनेपालसंग संछिप्त कुरा गर्दै पर्यटन बोर्डका प्रतिनिधि बुद्धि सागर घिमिरेले यस्ता मेला, महोत्सब, र्याली परेडहरुमा नेपाली झन्डा बोकेर आफ्ना प्रस्तुतिहरु पस्कदा नेपाल चिनाउन मद्दत पुग्ने भएकाले हामी सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले थप्नु भयो संसारमै नभएको तिनकुने झन्डा आफैमा युनिक छ तेसै माथि हामी नेपालीहरुका भेषभुषा र सस्कृति नै अरुको भन्दा फरक भएकाले पर्यटन पर्बर्धन गर्न गारो छैन । सबै गैर आबसिया नेपालीहरु नेपालका लागि पर्यटन दुत हुन् तेसैले सबै मिलेर देशको उन्नति तर्फ सोच्नु पर्छ ।
क्यान्टबरी नेपाली सोसाइटिका सभापति बिष्णु पोख्रेलले स्वस्फुर्त रुपमा यसरी नेपाल चिनाउने प्रयास गरिएको परेडमा उपस्थितहुने सबै नेपाली दाजुभाई दिदि बहिनिहरु लाई धन्यबाद दिनु हुदै अगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग मिल्ने विश्वास ब्यक्त गर्नु भयो ।
फोटो र भिडिओ श्रोत: कृष्ण न्यौपाने र अविसेक आचार्य