प्रधानमन्त्रीलाई सर्बोच्च अदालतले हाजिर आदेश दियो ।

समाचार

२३,मंसिर । संविधान संशोधनप्रस्ताव रोक्न अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे फैसला सुनाउन सर्वाेच्च अदालतले विपक्षीलाई उपस्थित गराउन आदेश दिएको छ ।

संविधान संशोधनका विरुद्धमा परेको रिट निवेदनमाथि विहीबार सर्वोच्च अदालतमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश जगदीशप्रसाद शर्माको एकल इजलासले विपक्षीलाई पनि उपस्थित गराउन आदेश दिएको हो ।

संविधान संशोधनका विरुद्धमा परेको रिट निवेदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख ओनसरी घर्तीलाई विपक्षी बनाइएको छ ।संसदमा संविधान संशोधन प्रस्तावमाथिको छलफल रोक्नबारे अन्तरिम आदेश दिने वा नदिने सम्बन्धमा आगामी पुस ५ गते सुनुवाई हुनेछ ।

पूर्वसांसद मञ्चलेसंविधान संशोधन प्रस्तावविरुद्ध अन्तरिम आदेशको माग गर्दै केही दिनअघि रिट दायर गरेको थियो ।

Post Comment