इलेक्टोरल कलेज द्वारा डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति प्रमाणित

अमेरिका

५, पौष। अमेरिकाको इलेक्टोरल कलेजले डोनाल्ड ट्रम्पलाई अमेरिकाको राष्ट्रपतिका रुपमा प्रमाणित गरेको छ। उनलाई ह्वाइट हाउस छिर्नबाट रोक्ने विरोधीहरुले अन्तिम प्रयास सफल हुन सकेन। निर्वाचनको ६ हप्तापछि ट्रम्पले विजयको औपचारिकताका लागि आवश्यक २७० मत प्राप्त गरेका थिए।

आफ्नो विजयमाथि प्रतिक्रिया दिँदै ट्रम्पले ‘हाम्रो देशलाई एकताबद्ध राखन्का लागि र सबै अमेरिकाको राष्ट्रपति हुनका लागि कठोर मेहनत गर्ने’प्रतिज्ञा गरे। इलेक्टोरल कलेजका निर्वाचकहरुलाई इमेल र फोन कलबाट ट्रम्पलाई मत नदिन चर्को दबाब आएको थियो।

यो मतदान प्रक्रिया औपचारिकता मात्र हो तर यस वर्ष रुसका ह्याकरहरुले अमेरिकी राष्ट्रपतिय निर्वाचनमा चलखेल गरेका दाबीसँगै यसको महत्व थियो। अचम्मको कुरा त डेमोक्रेटिक पार्टीका चारजना निर्वाचकले क्लिन्टनबाहेक अर्के उम्मेदवारलाई मत दिए।

Post Comment