८ पौष। संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीट माफर्त अमेरिकाको आणविक क्षमतामा थप वृद्धि गरि बलियो बनाउनु पर्ने बताएका छन। आउँदो जनावरी २० मा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने तयारिमा रहेका ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाको परमाणु क्षमता बढाउनुपर्ने बताएको केहि समय लगतै अमेरिकाले पनि आणविक क्षमता विस्तार गर्नु पर्ने बताएका हुन।
विश्लाई परमाणु हतियारको बारेमा राम्रो जानकारी नभएसम्म अमेरिकाले आफ्नो परमाणु क्षमता विस्तार तथा बलियो बनाउनु पर्ने ट्रम्पको भनाई छ। अमेरिकाको हतियार नियन्त्रण एशोसिएशनका अनुसार अमेरिकासँग सात हजार एकसय तथा रुससँग सात हजार तीनसय परमाणु हतियार छ। ट्र«म्पका प्रवक्ताले भने ट्रम्पले परमाणु हतियारको प्रसार नियन्त्रित गर्नु पर्नेमा जोड दिएको बताएका छन।