९ पुस ।भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरूलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘लबिङ’ थालेपछि नेपाली सेना प्रधानमन्त्री पुुष्पकमल दाहालसंग क्रुद्ध भएको छ ।
भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआईएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको ‘कमान्ड’अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाएपछि जंगी अड्डाले त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको एक उच्च सैन्य अधिकारीले बताए ।
भारतले सुरुवातमा सार्क मार्फत राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जानुपर्ने उल्लेख गरेपनि छिमेकी पाकिस्तानसँगको दूरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको हो । भारतले नेपालको राजनीतिक तहमा ‘लबिङ’ गरेपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रघाति सम्झौता नगर्न प्रधानमन्त्री दाहाललाई सचेत गराएको हो ।
एक उच्च विशिष्ट सैन्य अधिकारीले भने‘पटक पटक सचेत गराउने काम सेनाबाट भएको छ । छिमेकीलाई खुशी बनाउन सेनालाई बलिको बोको बनाउने काम हुन थालेपछी यो विषय सार्वजनिक गर्नुपरेको हो । राष्ट्रघाति काम गरेमा प्रधानमन्त्री दाहाल दोस्रो पटक कुुर्सी खोसाईमा पर्ने छन् ।’