सरकारलाई घेराबन्दी गर्ने दलहरूले रणनिति सार्बजनिक गर्ने

समाचार

१०,पुस । प्रमुख विपक्ष दल नेकपा (एमाले)सहितका नौँ राजनीतिक दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गर्दैछन् ।

सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा अपरान्ह ३ बजे हुने पत्रकार सम्मेलनमा आन्दोलनको घोषणा गरिने एमालेका मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

‘संविधान संशोधनको प्रस्तावलाई फिर्ता गर्न एमालेसहितका नौँ दलहरू सडक र सदन आन्दोलनमा छन्’, ढकालले भने, ‘भावी आन्दोलन र रणनीतिका विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

संविधान संशोधनको विरोधमा एमालेसहितको विपक्षी दलहरूले संसदको बैठक पनि अबरोध गर्दै आएका छन् ।

एमालेले आन्दोलनमार्फत सरकारलाई संशोधन प्रस्तावमा घेराबन्दी गरेर दबाबको रणनीति बनाउँदै आएको छ ।

Post Comment