१०,पौष। इरानसँग गत वर्ष गरिएको आणविक सम्झौताका हस्ताक्षरकर्ता शक्ति राष्ट्रले सम्झौताका बिषयलाई अमेरिकाले कार्यान्वयन नगरेको इरानी भनाइबारे छलफल गर्न सन् २०१७ को जनवरी १० मा भियनामा भेट गर्ने निर्णय गरेका छन्। सम्झौतामा इरान,अमेरिका,बेलायत, चिन,फ्रान्स,जर्मनी र रसियाले हस्ताक्षर गरेका थिए।
इरानमा आणविक सम्झैता भएपनि अमेरिकि पक्षबाट सम्झौताको पालना नभएको बरु उल्टै इरानमाथिको नाकाबन्दीलाई नवीकरण गरेको भन्ने लगातारको भनाइबारे छलफल गर्ने गरी युरोपियन विदेश नीति प्रमुख फेडेरिका मोथेरिनीको समन्वयमा बैठक बोलाइएको हो। बैठकले आणविक सम्झौता कार्यान्वयनमा देखिएको समस्या र इरानद्वारा मोधेरिनीलाई डिसेम्बर १६ मा एक पत्र लेखि जानकारी गराएका बुँदामा छलफल हुने बताइएको छ।
बैठक अमेरिकि राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्पद्वारा अमेरिकी राष्ट्रपतिका रुपमा जिम्मेवारी लिनुभन्दा १० दिन पहिले बोलाइएको छ। डिसेम्बर २ मा वासिङ्टनद्वारा इरानमाथिको प्रतिबन्धलाई नवीकरण गरेपछि इरानी विदेशमन्त्री जरिफले पत्र पठाई हस्ताक्षरकर्ता राष्ट्रलाई सो विषयमा औपचारिक रुपमा जानकारी गराएका हुन्।