ट्रम्पले सञ्चार निर्देशक बन्न गरेको प्रस्ताव मिलर द्वारा अस्वीकार

अमेरिका

१२, पौष। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै शिर्ष प्रवक्ता पदका लागि जोसन मिलरको नियुक्ति गर्ने घोषणा गरेको केहि दिनपछि मिलर अाफ्ना निजी कारण देखाउदै प्रस्तावको अस्वीकार गरेका छन्।

ट्रम्प प्रशासनले बिहिबार जोसन मिलरलाई सञ्चार निर्देशक पदका लागी नाम सार्वजनिक गरेको थियो।

उक्त घोषणा गरेको केहि दिन पछि मिलरले एक बयानमा भनेका छन – म आफ्नो परिवारको साथ धेरै समय बिताउन चाहान्छु। मैले मार्च २०१५ देखि आफ्नो परिवारको साथ सबैभन्दा धेरै समय पछिल्लो हप्ता बिताएँ। यसैले हालको लागि मैले आफ्नो परिवारलाई प्राथमिकतामा राख्नु पर्छ।

मिलरले बताए अनुसार उनकी पत्नी गर्भवती छिन। त्यसैले उनी धेरै भन्दा धेरै समय आफ्नी पत्नीसँग बिताउन चाहान्छन्। मिलरले भने “ह्वाईट हाउसको सञ्चार निर्देशक जस्तो नयाँ जिम्मेवारी सम्हाल्ने यो सहि समय हैन। यसका लागि धेरै समय र उर्जा चाहिन्छ।”

Post Comment