कोलोराडोमा चियर लिफ्टबाट खसेर एकको मृत्युः प्रहरी।

अमेरिका

१५ पौष। अमेरिकाको स्की ग्रान्बी रेन्च कोलोराडोमा पचयर लिफ्टबाट खसेर एकजना महिलाको मृत्यु भएको छ भने दुईजना बच्चाहरु घाईते भएका छन्।
जानकारहरुका अनुसार उक्त दुर्घटना स्की रिसोर्टमा बिहान ९ः३० मा भएको थियो। ग्रान्वी प्रहरी प्रसासनका अनुसार बिहिबार दुर्घटना पछि उनिहरुलाई हस्पिटल पुर्याईएको थियो र हस्पिटलले महिलाको मृत्यु भएको घोषण गरेको थियो।
दुई बच्चाहरु मध्ये एउटालाई बाल हस्पिटल लगिएको थियो तर उसको अवस्था गमिभर रहेको जनाएको छ भने अकार्कोे अवस्थामा सुधार नआएको प्रहरीले जनाएको छ। ग्रान्बी प्रहरीका अनुसार दुर्घटनामा परेका तीनै जना परिवारिक घुमघामका लागि उक्त राज्य भन्दाबहिर बाट आएका हुन।

Post Comment