कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न

अमेरिका कोलोराडो

जुलाई १६ , २०१६। कोलोराडोमा शनिबार बिआरटी नेपाल डटकम को आयोजनामा ईमिग्रेसन फोरम सम्पन्न भयो ।

एटर्नि बिनोद रोक्काको उपस्थितीमा सम्पन्न कार्यक्रममा स्थानिय संघ सस्थाका प्रतिनिधी, बुद्धी जिवी, कलाकार, पत्रकार, व्यवसाही तथा सर्बसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।

forum-immigration2_2016

कार्यक्रमको सुरुमा एटर्नि रोक्काले ईमिग्रेण्टहरुलाई मुख्य आई पर्ने समस्याहरु र त्यसका समाधानका उपायहरु बारे बताएका थिए । त्यसको साथ साथै उनले बिदेशमा बस्दा सबैले पालन गर्नुपर्ने नियम कानुनहरु तथा तत्काल अमेरीकाले ईमिग्रेण्टहरुलाई लक्ष गरेर संसोधन गरेका नियमकानुनहरुका बारेमा कार्यक्रममा सहभागीहरुलाई जानाकारी गराएका थिए ।

forum-immigration1-2016

कार्यक्रमको दोश्रो चरणमा सहभागीहरु संगको प्रश्न उत्तरको कार्यक्रम रहेको थियो । यस चरणमा बिशेष गरेर सहभागिहरुले टिपीएसको बारेमा धेरै प्रश्न गरेका थिए । त्यस्तै गरि उनिहरुले बिभिन्न भिषामा अमेरिका छिरेरहरुको स्टाटस चेन्ज गर्दा अपनाउनु पर्ने तरिकाहरु, ग्रिकार्ड होल्डरहरु नेपालमा ६ महिना भन्दा बढि बस्दा पर्ने समस्या, आºना आफन्तलाई लिएर आउने जस्ता प्रक्रिया र कागजपत्रका बारेमा दुई दर्जन भन्दा बढिले प्रश्न गरेका थिए ।

forum-immigration3-2016

सहभागीहरुको जिज्ञासाको समाधानको क्रममा एटर्नि रोक्काले महा भुकम्प पछि अमेरिकाले नेपाललाई ब्यपार व्यबसाय लगायत धेरै कुरामा सुबिधा दिएका कारण तथा ओबामाको यो अन्तिम बर्ष भएका कारण टिपिएस लम्बिन सक्ने सम्भाबना रहेको जनाए । त्यसैगरि उनले शरणर्थि मुद्धा लडिरेका नेपालीहरुको एकै किसिमका घटनाका कथाहरुमा कोहीको स्विकार हुनु र कोहीको अस्विकार नहुनुमा व्यक्तिको हाउभाउ र प्रश्तुतीले फरक पार्ने बताए ।

कार्यक्रमको अन्तयमा उनले आफुले सकेसम्म नेपालीको सहगोग गर्ने गरेको । तर कतिपय केशहरुको प्रक्रिया बिग्रिएपछि मात्र सहयोगको लागि आउने गरेकोले त्यस्ता केशहरु समाधान गर्न कठिन हुने गरेको उदाहरणहरु प्रस्तुत गरे । उनले कुनै प्रकृया सुरु गर्नु अगाडि सोच बिचार गरि दुई, चार पैसाको मुख नहेरी प्रकृया पुरागरि अगाडी बढ्न सबैलाइृ सुझाव दिए ।