गैह्र आवासीय नेपाली संघ (एन.आर.एन.ए.) इलिनोइ च्याप्टरले च्याप्टरको आयोजनामा यहि जुलाई १६ २०१६ शनिवारका दिन शिकागो शहरमा “स्वास्थ्य सम्बन्धि जानकारी तथा चेतना मुलक कार्यक्रम २०१६” सम्पन्न भएको छ ।
शिकागोल्याण्डमा भएका नेपाली समुदायलाई लक्षित गरि आयोजना गरिएको सो कार्यक्रममा सामान्य स्वास्थ्य परिक्षण गरिनुका साथै स्वस्थ आचरण, पौष्टिक आहार, नियमित ब्यायाम, हेल्थ स्कुलिङ्ग एबम फार्मेसी सम्बन्धि बिस्तृत रुपमा जनाकारी गराइएको थियो । बिशेशज्ञद्वारा ओबामा केयर लगायत स्वास्थ्य बिमा सम्बन्धि बिस्तृत जानकारी गराउदै नयाँ आप्रबासी तथा न्युन आय भएका व्यक्तिहरुका लागि उपलब्ध बैकल्पिक बिमा एबं निशुल्क स्वास्थ्य केन्द्रहरुका बारेमा प्रष्ट पारिएको थियो ।
स्थानीय कुक काउन्टी अस्पतालका बिशेषग्य डा. चन्द्र चटौतले संयोजन गर्नु भएको सो कार्यक्रममा सिकागोल्याण्डका बिभिन्न अस्पतालमा कार्यरत २० जना भन्दा बढि डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सम्बन्धि सलाह एबं जानकारी गराउनु भएको थियो ।
सिकागोल्याण्डका बिभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रमलाई सफल बनाउन स्थानीय युवाहरुले स्वयंसेवकको भूमिका निर्बाह गरेका थिए । पांच घण्टा भन्दा बढी चलेको सो कार्यक्रमको अन्तमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
स्थानिय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रमको संचालन एन.आर.एन.ए.इलिनोइ च्याप्टरका सचिब सत्यनारायण चौधरी र स्वास्थ्य विशेशग्य डा. चन्द्र चटौतले संयुक्त रुपमा गर्नु भएको थियो भने संस्थाका अध्यक्ष सुमन वस्तीले स्वागत तथा धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरु नियमित रुपमा गर्दै लगिने कुरा जानकारी दिनु भयो ।