१ सेप्टेम्बेर , अमेरिका । अमेरिकामा रहेका नेपालीहरुको दुई ठुला संस्था नासा र एन्माको संयुक्त सम्मेलनको तयारी पूरा भएकाे छ ।
संस्थाको १२ अाैं सम्मेलन भोलि सेप्टेम्बर २ देखि ४ सम्म सेन्ट लोइस, मिजौरीमा हुने भएको हो । सम्मेलन हरेक बर्ष लेबर डेको सप्ताहन्त्यमा पारेर आयोजना गरिने गरेको आयोजक संस्थाले जनाएको छ ।
यि दुई ठुला संस्थाले आलो-पालो गर्दै यो सम्मेलन आयोजना गर्ने क्रममा यस वर्षकाे सम्मेलनकाे मुख्य आयोजक एन्मा रहको छ । यो सम्मेलन देश प्रेम बढाउने हिसाबले सम्पन्न गर्ने गरिएको आयोजक संस्थाले बताएको छ ।
अमेरिका स्थित नेपाली दुतबासले पहिलो चोटी यसै सम्मेलन मार्फत सम्मेलनमा क्रममा नै मेसिना रिडेबल पासपोर्ट(एमआरपी)को लागि निबेदन दिने व्यवस्था गरेको एक सुचना मार्फत जनाएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा बिभिन्न फोरमहरुका साथै खेलकुद र मनोरञ्जनका कार्यक्रमहरू पनि अायाेजना हुनेछन् । सम्मेलनमा नेपालकाे चर्चित सांगीतिक ब्याण्ड १९७४ काे विशेष प्रस्तुति रहनेछ ।
सम्मेलनले एन्मामा नयां नेतृत्वकाे चयन गर्दै आइतबार सम्मेलन सम्पन्न हुनेछ ।