आज टेक्सास राज्यको मतदाता दर्ताको लागी अन्तिम दिन

अमेरिका

एक महिना भन्दा पनि कम समय रहेको अमेरिकी राष्ट्रपतिय चुनाब का लागी मतदाता दर्ताको म्याद कती राज्य हरुमा नजिकिदै गर्दा कती राज्यहरुमा सकिसकेको छ ।

यस्तैमा आज टेक्सास राज्यको मतदाता दर्ता को लागी अन्तिम दिन हो ।

VoteTexas.gov अनुसार,  मतदान गर्न का लागी दर्ता गर्न योग्य छन्:

  • संयुक्त राज्य अमेरिका नागरिक
  • आवेदन दर्ता गरेको काउन्टी को  निवासी
  • निर्वाचन दिन मा कम से कम १८ वर्ष
  • कुनै अपराधको लागी दोषी नरहेको (सजाय पुरा गरेको)
  • अदालत द्वारा पूर्ण वा आंशिक रूपमा मानसिक स्थितिका कारण निर्णयाधिकार गर्न नमिल्ने भनि घोषित नगरिएको।

पहिले नै मतदान गर्न दर्ता गरेकाले पनि कुनै कुरा सच्याउनु पर्ने छ भने पनि आजै सच्याउनु पर्ने छ ।

प्रारम्भिक मतदान अक्टोबर २४ देखि सुरु उपलब्ध हुनेछ। निर्वाचनका दिनमा तोकिएको केन्द्र मा नै गएर मतदान गर्नु पर्ने छ ।

Post Comment