हिमालयज लायन्स क्लब लङमन्टको आयोजनामा बृक्ष रोपण सम्पन्न

अमेरिका

अक्टोबर १५ , २०१६ कोलोराडो अमेरीका । कोलोराडोमा नेपालीहरुको सकृयतामा गठित हिमालयज लायन्स क्लब लङमन्टको आयोजनामा शनिबार एक रमणीय पार्कमा बृक्षरोपण कार्यक्रम सम्पन्न भयो ।

लङमन्टको स्थित जिमहाम पार्कमा सम्पन्न बृक्ष रोपण कार्यक्रममा विभिन्न जातका रुखहरु रोपिएका थिए । रोपिएका रुखहरु बिभिन्न व्यक्तिहरुले आङ्खनो दिवांगत बाबु आमाको संझनामा रोप्न सहयोग गरेका हुन् ।

यसरी सहयोग गर्नेहरुमा धर्मराज श्रेष्ठले बाबु सुर्यबहादुर श्रेष्ठ र हालै दिबंगत आमा छन्दकुमारी श्रेष्ठको संझनामा, जोशन श्रेष्ठले बाबु रामबहादुर श्रेष्ठको संझनामा, नारायण श्रेष्ठ र शोभा श्रेष्ठले बाबु पुर्णकुमार श्रेष्ठको संझनामा, क्रान्ति गौलीले बाबु शिबकुमार गौलीको संझनामा, नरकुवेर राईले हालै दिबंगत आमा डलीमयां राईको संझनामा बृक्षरोपण गर्न सहयोग गरेका हुन् ।

बृक्षरोपण कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्टीक गर्भनर केननोर गिल, डिष्टिक क्याबिनेट सेक्रेटरी मिगेल गिल, ग्वोवल मेम्बर चेयर पर्शन केवमेण्डल हल, हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, सचिव प्रमोद श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाका भुषणलाल श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
अमेरिकाको नियम अनुसार सर्बजानीक स्थानमा बृक्षरोपण गर्दा स्थानीय सिटीको अनुमतीमा मात्र गर्न सकिन्छ ।

उनिहरुले कुन ठाउंमा कुन जातका बिरुवा लगाउने भनेर अनुमती दिएपछिमात्र यस्ता कार्यक्रमहरु गर्न सकिन्छ ।

oct-tree-planting-10007

oct-tree-planting-10006

oct-tree-planting-10005

oct-tree-planting-10004

oct-tree-planting-10003

oct-tree-planting-10002

oct-tree-planting-10001

Post Comment