अक्टोबर १९, कोलोराडो । अमेरिकाको राष्ट्रपतिका लागी उम्मेदबार रहेका डेमोक्र्याटिकतर्फकी उम्मेदबार हिलारी क्लिन्टन र रिपब्लीक उम्मेदवार डोनाल्ड ट्रम्पका बीचमा बुधबार अन्तिम राष्ट्रपतिय बहस हुँदै छ। मतदान हुनुभन्दा २० दिन अगाडि अन्तिम बहस हुन लागेको हो।
कोलोराडो समय अनुसार साँझ ७:०० बजे बहस सुरु हुने बहस ९० मिनेटको हुनेछ । बहस लस भेगसमा रहेको नेभादा विश्वविद्यालयमा हुनेछ ।
बहस फक्स न्युजका कार्यक्रम सन्चालक तथा राजनीतिक विषयमा रिपोर्टिङ गर्दै आएका ६९ वर्षीय क्रिस वाल्सले सञ्चालन गर्नेछन् । वाल्स पहिलो यस्ता भाग्यमानी व्यक्ती हुँदै छन जस्ले फक्स न्युजमा रहेर पनि राष्ट्रपतिय बहस सन्चालन गर्न पाउदै छन । फक्स न्युज कन्जर्भेटिवहरु सँग नजिक रहेकाले फक्सका कसैले पनि राष्ट्रपतिय बहस सन्चालन गर्न पाएक थिएनन् ।
केहि महिना पहिले फक्स न्युजका अध्यक्ष रोगेर ऐलेसले आफुलाई यौन दुराचारणको आरोप आए पछी अध्यक्षबाट राजिनाम दिए र नयाँ आएका अध्यक्ष रुपेर्ट मुर्दोचले फक्स न्युजले कुनै राजनितक पार्टीको पक्षमा ओकालत गर्दैन भनेकाले पनि यस पटक फक्स न्युजका कार्यक्रम सन्चालकलाई अवसर दिएको वताइएको छ ।
कार्यक्रम सन्चालक वाल्सका कारणले पनि आजको बहसले धेरैको ध्यान खिचेको छ र संगै वाल्सले ट्रम्पलाई बहसमा सजिलो बानाइदिन सक्ने संभावना रहेको छ । फक्स न्युज तथा वाल्सले आजको बहसमा पक्षपाती गरेको पाइएमा सम्भवता यस बहस नै पहिलो तथा अन्तिम बहस हुनेछ जस्का सन्चालक फक्स न्युजका हुन ।
यसअघि पहिलो वहस २६ सेक्टेम्बरमा भएको थियो भने दोस्रो वहस अक्टोवर ९ मा भएको थियो । ती दुवै वहस पछि भएको सर्भेक्षणमा हिलारीले जितेकी थिइन भने पछिल्लो पटक गत सोमबार गरिएको मत सर्वेक्षणमा पनि हिलारी क्लिनटन नै अगाडि देखिएकी थिइन् ।