अक्टोबर २०, लस भेगास । अमेरिकामा आगामी ८ नोभेम्बरका दिन हुन गइरहेको राष्ट्रपतिय निर्वाचनका दुई सशक्त उम्मेदवारः हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पका बीच अन्तिम राष्ट्रपतिय बहसमा फेरी चर्को बहस भएको छ ।
बहस फक्स न्युजका कार्यक्रम सन्चालक तथा राजनीतिक विषयक रिपोटर क्रिस वाल्स, ६९, ले सञ्चालन गरेका थिए । वाल्स पहिलो यस्ता भाग्यमानी व्यक्ती भएका छन जस्ले फक्स न्युजमा रहेर पनि राष्ट्रपतिय बहस सन्चालन गर्न पाए ।
अहिलेसम्म भएका ३ बहस मध्य यो बहस मात्रै बिषय केन्द्रीत र दुबै जनालाई बिषयमा नै केन्द्रीत हुन र बहसलाई बिषय बाहिर जान नदिएर – सम्पुर्ण बहस एक उत्कृष्ट बन्न सकेकोले अन्तिम बहसको बिजेता कार्यक्रम सन्चालक क्रिस वाल्स बन्न पुगेका छन नकी क्लिन्टन – ट्रम्प ।
अदालतमा न्यायधिष नियुक्ती सम्बन्धित प्रश्नबाट सुर भएको बहस अन्तिममा सबैलाई भोट हाल्न अनुरोध गर्दै सकिएको थियो । पहिलो प्रश्न बाट नै वाल्सले आफु बहसलाई बिषय केन्द्रीत हुने सन्केत दिएका थिए । अघिल्ला दुइ बहस भन्दा यस बहसमा ब्यक्तिगत गाली गलौज न्यून रहेको थियो भने वाल्सले दुबै जानले चाहिने भन्दा बडी बोल्दा होस या अर्कोले बिचमा कुरा काट्दा होस – सम्यम तवरबाट बहसलाई अघी बढाएका थिए ।
कार्यक्रम सन्चालक वाल्सका कारणले पनि आजको बहसले धेरैको ध्यान खिचेको थियो । फक्स न्युज रिपब्लिकनको न्युज टिभी हो र वाल्सले ट्रम्पलाई बहसमा सजिलो बानाइदिन सक्ने धेरैको सोच विपरित बहसलाई निष्पक्ष रुपमा सम्पन्न गरे संगै सामजिका सन्जालमा भबिष्यमा हुने सबै बहस वाल्सले चलाउनु पर्ने कुरा उठेको थियो ।
ट्रम्प आफुले हारेको अवस्था…
बहसमा मुख्यत: कर प्रणाली, रोजगारीका अवसर सिर्जना, आप्रवासी सम्बन्धित समस्या, वैदेशिक नीति, वाणिज्य तथा वैदेशिक व्यापार, नियम कानूनको परिपालना आदी लाई समावेश गरिएको थियो ।
क्लिन्टनले आप्रवासी मामिलामा कुनै पनि निर्णय गर्नु भन्दा अगाडी बृहत अध्ययन गर्नु पर्ने बताइन, सीमा सुरक्षालाई चुस्त बनाइने, बर्षौंदेखि अमेरिकामा बसोबास गर्दै आएका तर कागजपत्र दुरुस्त नभएका आप्रवासीहरुलाई कानूनी मान्यता दिइ आप्रवासी कानूनको शर्त पूरा गर्नेहरुलाई अमेरिकी नागरिकता समेत दिनु पर्ने बताइन । तर ट्रम्पले भने कागजपत्र दुरुस्त नभएका आप्रवासीहरुलाई देश निकाला गरिने र अन्य देशबाट अमेरिका बसाईसराई गर्नेहरुलाई निरुत्साहित गरिने र अमेरिका आफैंले पनि आप्रवासी आमन्त्रण नगर्ने भन्दै ट्रम्पले यस्ता मामिलामा कुनै पनि सम्झौता नगरिने बताए ।
त्यस्तै अमेरिकामा रोजगारीका अवसर सिर्जनाका सम्बन्धमा ट्रम्पले आगामी दस वर्षमा थप दुईकरोड पचासलाखरोजगारी बढाउने कुरा गरे पनि कुनै ठोस योजना सुनाउन सकेनन् भने हिलारीले कुनै समय सीमा नतोकी, आफूले तयार पारेको आर्थिक योजना लागू भएमा थप एक करोड रोजगारीका अवसर सिर्जना हुने बताइन ।
निर्वाचनको नतिजा स्विकार गर्ने कि नगर्ने भन्ने प्रश्नमा ट्रम्पले आफुले हारेको अवस्थामा अहिलेलाई केहि भन्न नसक्ने बताएर निर्वाचन माथी नै प्रश्न खडा गरेका थिए ।
हर्नुस पुरा बहस