रक्की माउन्टेण्ड फ्रेन्डस अफ नेपालको दशैं–तिहार शुभकामना साँझ सम्पन्न

अमेरिका

कोलोराडो, अक्टोबर २३, २०१६ । नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले सनिबार एक संस्कृतीक कार्यक्रम आयोजना गरी बिभिन्न कलाकारहरु संगै शुभकामना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रक्की माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा बु्रमफिल स्थित लिगेसीहाई स्कूलमा सम्पन्न कार्यक्रममा हास्य कलाकार शिबहरी पौड्याल, नायक दिलिप रायमाझी, गायक रतन सुबेदी, कलाकार संगिता शर्मा, कृष्णमुरारी ढुङ्गेल, अमित कम्पोजर, लाक्पा शेर्पा, साहारा कार्कि जस्ता कला तथा संगितका पारखिहरुले आ–आङ्खनो कला प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जन दिएका थिए ।

मातृभुमी नेपाल राष्ट्रले गुमाएको ज्ञात अज्ञात कलाकारहरुको संझनामा एक मिनेट मौनधारण पछि राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमको सुरुमा संगिता शर्माले बज्रयोगीनी नृत्य, शिबहरी पौड्याले हास्यकार्यक्रम खिचडी, प्यारोडी गायक रतन सुवेदीले सुर्केथैली,सनिबार र रातोभाले क्वाए“ क्वाए“ भन्ने बोलको गीतलाई बिभिन्न गायकहरुका स्वरमा गाएर तथा नायक दिलीप रायमाझीले पानी पर्‍यो असिना झर्‍यो, झुम्के रुमाल खै भन्ने गितमा स्थानीय कलाकारहरु अम्बीका अधिकारी र भाबिना श्रेष्ठ संग नृत्य प्रस्तुत गरेर दर्शक तथा श्रोताहरुको मन जिन्न सफल भएका थिए ।

त्यस्तै अन्य प्रस्तुतीहरुमा शिबहरी पौड्यल र कृष्णमुरारी ढुङ्गेलको हास्य कार्यक्रम म्यारिज ब्यूरो, दर्पण छायां २ की नायिका साहारा कार्कीको नृत्य, अम्बीका अधिकारी र ईबु केसीको तिहारको संस्कृती झल्कने नृत्य, बाल कलाकारहरु अभ्यास भट्टराई र अनीसा भट्टराई को हुन्न बुढी भन्ने गीतमा नृत्य, तमुपेलु कोलोराडोको नृत्य प्रस्तुती र भुटानी समुदायको नृत्य लगायत स्थानीय कलाकारहरुको प्रस्तुती उल्लेखनीय रहेको थियो ।

कार्यक्रममा नेपालमा भुकम्पले क्षती पुर्‍याएको संरचना बिद्यालय, गुम्बा, पुल निर्माणको लागी तिनकरोड भन्दा बढि सहयोग गर्ने सोलुखुम्बुमा जन्मेका कोलोराडो निवासी ईन्जिनियर तथा ब्यवसाही पेम्बा शेर्पालाई रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष शरद आचार्यले खदा पहिर्‍याई सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए । सोही अबसरमा दर्पण छायां २ की नायीका साहारा कार्कीलाई पनि अध्यक्ष आचार्यले सम्मान गरेका थिए ।

संस्थाका कल्चर सेक्रेटरी दिनेश कार्कीले संस्चालन गरेको कार्यक्रममा महासचिब बिनोद त्रीपाठीले कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तव्य राखेका थिए भने, अध्यक्ष आचार्यले शुभकामना व्यक्त गर्दै अमेरीकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपाल र नेपालीको संस्कृती पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

कार्यक्रमको सकारात्मक पक्ष नेपाली संस्कृतीको संरक्षण र पहिचाहन गराउन हरेक बर्ष कार्यक्रमलाई निरन्तरता दिनु, राष्ट्रिय कलाकारहरुलाई सहभागिता गराउनुु, सहभागी सबैलाई खाना निःशुल्क उपलब्ध गराउनु मान्न सकिन्छ । सुधार गर्नुे पक्ष तोकिएको समयमा कार्यक्रम सुरु गर्न र साउन्ड सिष्टमको राम्रो ब्याबस्था गरेर मात्र कार्यक्रम गर्न सहभागीहरुले आयोजकलाई सल्लाह दिएका छन् । कार्यक्रम तोकीएको समय भन्दा २ घण्टा ढिला शुरु भएको थियो भने कार्यक्रमको दौरानमा पटक पटक साउन्ड सिष्टम बन्द हुदा सहभागी तथा कलाकार आयोजक समक्ष गुनासो गर्दै थिए ।

rmfn-2016-dashain-10019

rmfn-2016-dashain-10018

rmfn-2016-dashain-10017

rmfn-2016-dashain-10016

rmfn-2016-dashain-10015

rmfn-2016-dashain-10014

rmfn-2016-dashain-10013

rmfn-2016-dashain-10012

rmfn-2016-dashain-10011

rmfn-2016-dashain-10010

rmfn-2016-dashain-10009

rmfn-2016-dashain-10008

rmfn-2016-dashain-10007

rmfn-2016-dashain-10006

rmfn-2016-dashain-10005

rmfn-2016-dashain-10004

rmfn-2016-dashain-10003

rmfn-2016-dashain-10001

Post Comment