लंग आईलेण्डमा नेपाली कांग्रेस केन्द्रीय सदस्य रिजालसँग अन्तरक्रिया सम्पन्न

अमेरिका
लंगआईलेण्ड, अक्टोबर २२, २०१६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले नेपालको संविधान कार्यान्वयनको अन्तिम चरणमा रहेको वताउनुभएको छ ।  जस अन्तर्गत आगामी २०७४ माघ ७ भित्र राष्ट्रिय र स्थानीय चुनाव गरिने गरिने , त्यसको लागी असन्तुष्ट पक्षका माग समेटीने गरी संविधान संसोधनको प्रकृयामा सरकार र राजनैतिक दलहरु लागेको र यावत समस्याको समाधान सहमति र सहकार्य वाट गरिने वताउनु भएको छ ।

njss-rijal-oct-22-5एमालेको नेतृत्वको सरकार संविधान कार्यान्वयन भन्दा पनी जनतालाई भुलाउने, हावादारी आश्वासन दिने र एकोहोरो हिसावले अघिवढेको हुदाँ देशलाई दुर्घटनावाट वचाउन हटाईएको र माओवादिसंग गठबन्धन गरिएको भए पनि नेपाली कांग्रेसले सहकार्य र एकतालाई सधैं प्राथमिकतामा राखेको वताउनु भयो ।

लोकमान सिंह कार्किका संदर्भमा भनाई राख्दै नेता रिजालले उनको अतिवाद र सर्वसत्तावादले सिमा नागेको र म नै ठूलो हुँ भन्ने प्रवृति लामो समय नटिक्ने वताउदै सर्वोच्च अदालतले लोकमानलाई निचोरेर गलाई रहेको वर्तमान अवस्थामा संसदमा विषय प्रवेस गराउनु एमाले र माओवादिको वैमानी र जनताको आखामा छारो हाल्ने खेल भए पनि लोकमान सिंह हटाउने प्रकृयामा नेपाली कांग्रेस आँफै अग्रसर हुने वताउदै सोहि अनुरूप छलफल अगाडि वढेको वताउनु भयो ।

अमेरीकामा देखिएको जनसंपर्क समितिको विवाद सम्वनधमा भनाई राख्दै पुर्व सांसद समेत रहनु भएका नेता रिजालले कुनै पनि नेता वा नेतृत्व सर्वमान्य, सर्व स्वीकृत हुन नसक्ने भएकोले प्रक्रियागत रnjss-rijal-oct-22-1विधि विधान अनुसार निर्वाचित नेतृत्वलाई सवैले मान्नु पर्ने र नेतृत्वले पनि सवैलाई मिलाएर लैजानु पर्ने वताउनु भयो । अमेरीका जस्तो मुलुकका विभिन्न राज्यमा जनसम्पर्क समितिको शाखा विस्तार गरि नेपालीहरुको हितमा काम गरेको देख्दा खुसि लागेको वताउदै केन्दिय सदस्य रिजालले जनसंपर्क समितीका अगुवाहरुले यहाँको विभिन्न नेपाली संघ संस्थामा नेतृत्व गरेको पाउंदा गौरव लागेको वताउनु भयो ।

नेपाली जनसंपर्क समिति, लंग आईलेण्डका सभापति विश्वराज वास्तोलाको सभापतित्वमा संचालन भएको कार्यक्रममा नेपाली जनसंपर्क समिति अमेरीकाका सभापति आनन्द विस्टले संगठन भित्र काम गर्दा केहि समस्याहरु आउनु स्वभाविक भएको र सवै समस्या विधान सम्मतरुपमा आपसी सहमति र समन्वयमा गरिने र वाहिर देखए जस्तो ठुलो नभएको वताउनु भयो ।

उक्त कार्यक्रममा संगठनविभाग प्रमुख तथा महासमिति सदस्य वेद प्रसाद खरेल, केन्द्रिय सदस्यद्वय पिताम्बर भुसाल र परमानन्द खनाल, सल्लाहकार हरीनारायण साप्कोटा, नेपाली जनसंपर्क समिति पोर्चुगलका उपसभापति तिलक गैह्रे, रिजउड नेपाली समाजका अध्यक्ष रवि किरण कोइराला, लंग आईलेण्ड च्याप्टरका कोषाध्यक्ष शिव वानिया, सदस्य तिलक खड्का लगायतले समसामयिक विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

njss-rijal-oct-22-6

njss-rijal-oct-22-7

njss-rijal-oct-22-4

njss-rijal-oct-22-3

njss-rijal-oct-22-2

njss-rijal-oct-22-8

Post Comment