अक्टोबर २४, कोलोराडो । कारोबार दैनिकका पूर्व सम्पादक तथा आर्थिक पत्रकार समाजका पूर्व उपाध्यक्ष पत्रकार सन्जय न्यौपाने मस्तिष्क स्नायु प्रणाली सम्बन्धी रोगका कारण अस्पतालमा भर्ना भए संगै नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) आज एक प्रेस विज्ञप्ति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग जुटाउन नेपाल अमेरिका पत्रकार सङ्घ नेजा सदस्य एवं सेजनका पूर्व अध्यक्ष नारायण सापकोटा (न्युयोर्क) को संयोजकत्वमा समिति गठन गरेको जनाएको छ ।
प्रेस विज्ञप्ति
मिति अक्टोबर २४, २०१६
नेपाल अमेरिका पत्रकार सङ्घ नेजा सदस्य एवं सेजनका पूर्व अध्यक्ष नारायण सापकोटा (न्यु योर्क) को संयोजकत्वमा गठन गरेको उक्त समितिमा सेजनका पूर्व अध्यक्ष एवं नेजा सदस्य विजय घिमिरे (कोलोराडो), नेजाका डिसीमेट्रो क्षेत्र संयोजक विष्णु शीतल, टेक्सासबाट नेजा सदस्य सुरेशचन्द्र पोखरेल र क्यालिफोर्नियाबाट नेजा सदस्यहरू इश्वरी न्यौपाने र प्रतिमा बास्कोटा रहेका छन् । समितिबाट संकलित रकम नेपाल पत्रकार महासङ्घ मार्फत हस्तान्तरण गरिनेछ ।
सहयोग रकम सम्पर्क व्यक्तिमार्फत, नेजाको वैक अफ अमेरिकामा रहेको चल्ति खाता नम्बर 446030153400 वा पेपलको तलको लिंक https://mobile.paypal.