नेपाली संघीय समाज अमेरिकाद्वारा न्युयोर्कमा शुभकामना आदान प्रदान

अमेरिका

न्युयोर्क— नेपाली संघीय समाज अमेरिकाले दशै, तिहार¸ मह:पुजा, उभौली, चासोक, छठ, नेपाल सम्बत तथा ल्होसारको अवसरमा न्युयोर्कमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा संघीय समाज अमेरिका अध्यक्ष समीर मर्हजनले उपस्थित सवैलाई शुभकामना दिएका थिए । त्यसैगरी संस्थाका सल्लाहकार पूर्व डिआईजी पार्वती थापामगरले सही सोच र योजना अनुसार नेपालका नेताले काम गरे एक दशक भित्रमा नेपाल सिंगापुरको तुलनामा पुग्न सक्ने बताइन । त्यस्तै सस्थाका सल्लाहकार अधिबक्ता दुर्गा सुब्बाले मुलुकमा जारी संविधान जनताको त्रुटिपुर्ण भएकोले चाडै संशोधन गर्नुपर्ने धारण राखेका थिए । कार्यक्रममा संस्थाका उपाध्याक्ष छिरिङ्ग शेर्पाले अतिथि पाहुनाहरुलाई खादा ओढाएर सम्मान गरेका थिए ।

संस्थाका सचिव लोक चेमजोङ्गले संचालन गरेको कार्यक्रममा उपाध्याक्ष विनोद पोमो, प्रेम कुरुङ्गवाङ्ग लिम्वु , सिन्धु वेलफेयर समितिका अध्यक्ष बंशलाल तामाङ, जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्हाङ, प्रवासी मञ्चका अध्यक्ष सञ्जय थापा, समिति न्युयोर्क च्याप्टरका सभापति रोशन ढुङगाना, मुस्ताङ किदुगका कार्यवाहक अध्यक्ष राजकुमार बिष्ट, संघीय समाजका पूर्व सभापति भरत लामा, जनजाती महासंघ अमेरिकाका अध्यक्षा लुइसाङ वाइबा, एनआरएनका प्रतिनिधि सत्येन्द्र शाह, शेर्पा किदुकका अध्यक्ष दावाजाङ्बु शेर्पाले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी किरात याङ्कथुङ्गका महासचिव शुभद्रा लावती¸ मगर संघ अमेरिकाका महासचिव मान रानामगर¸ एन्टा न्युयोर्कका प्रतिनिधि रामविनोद शाह, जनजाती महिला महासंघका सभापति संगिनी रानामगर¸ तामाङ सोसाईटी अफ अमेरिकाका प्रेसिडेन्ट शान्ता थोकर¸ नुपरि एसोसियसनका सभापति लाक्पा लामा¸ युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाका उपसभापति मुना राई¸ नेवार गुठी न्युयोर्कका उपसभापति निर्मल प्रधानले पनि शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको संयोजन केन्द्रीय सदस्य केशवराम राईले गरेका थिए ।

Post Comment