१३,कार्तिक । एक अमेरिकी कलेजकी छात्रा कार चलाउँदै टपलेस सेल्फी लिने कोसिश गर्दा प्रहरीको कारसँग ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ । अमेरिकी प्रहरी अधिकारीहरुका अनुसार १९ वर्षकी मिरिण्डा रेडर स्न्यापच्याटमार्फत आफ्नो ब्वाइफ्रेन्डलाई नग्न फोटो पठाउने क्रममा दुर्घटना भएको हो ।
यो घटना बुधवार अमेरिकाको टेक्सास राज्यको ह्यूस्टनको उत्तरमा पर्ने दूर ब्रायनमा भएको हो । प्रहरीका अनुसार छात्रासँगै एउटा खोलिएको रक्सीको बोतल पनि बरामद भएको छ । तर यस घटनामा कसैलाई पनि केही नभएको बताइएको छ । घटना हुँदा ती छात्रा कलेजबाट घर फर्कीरहेको बताइएको छ । प्रहरीले रक्सी सेवन गरेर ड्राइभिंग गरेको आरोपमा ती छात्रालाई गिरफ्तार गरेको थियो । पछि उनी दुई हजार डलर जमानत तिरेर रिहा भएकी छन्