न्ययोर्कमा दिपावली २०१६ अवसर पाररे गरिएको दिपावली साँझ २०१६ सम्पन्न भएको छ।
उक्त कार्यक्रममा २ वटा लघु प्रहसन प्रस्तुत गरिएको थियो । जस मध्ये हास्य कलाकार देवी राम पराजुली (भोक लाग्यो ), रंगकर्मी शंख नारायण प्रजापती र अभिनेता सुरेन्द्र बास्तोला अभिनित प्रहशन दर्शकहरुले एकदमै मन पराएका थिए । हाम्रो देश नेपालको बर्तमान राजनैतिक अवस्था, उथल पुथल, अमेरिकामा खुलेको बिभिन्न संघ संस्थाहरु, राजनैतिक दलका भात्री संगठनहरु र ति संघ सस्थाहरुले गरेका राम्रा नराम्रा कुराहरुलाई मुख्य बिशष बनाई प्रस्तुत गरिएको दुई वटै प्रहसन उक्त कार्यक्रमको मुख्य आकर्षण थियो ।
न्युयोर्कमा प्राय हुने गरेका कार्यक्रम भन्दा बेग्लै उक्त कार्यक्रमको अर्को मुख्य आकर्षणमा चर्चित गायक दिपेश किशोर भट्टराई र गायक मिलन लामाको दोहोरि गीत पनि थियो। साथमा न्युयोर्कका स्थानीय कलाकारहरु यशोधा खालिंग राइ, पासाङ्ग शेर्पा, ममता राइ, नविन श्रेष्ठ, प्रलय राज भण्डारी, बिनेश श्रेष्ठ लगायत पुर्व मोडल डेइजी शेर्पाले पनि आफ्ना राम्रा र स्तरिय प्रस्तुतिहरु दिएका थिए । बिजय नकर्मी द्वारा कोरियोग्राफ् गरिएको लक्ष्मी मातालाई पूजेको नृत्यले सबैलाई तिहारमय बनाएका थिए ।
सिन्धु वेल्लफ्यर सोसाइटिको आयोजनामा सम्पन्न दिपावली साँझ २०१६ मा दर्शकहरुले मात्र ३५ डलर तिरेर फ्री स्नयाकस, फ्री डिनर र अन्तिममा डि जे सुर्य र जाङ्गबु शेर्पाको डी जे कार्यक्रमको समेत भरपुर मनोरंजन लिएका थिए । कार्यक्रमलाई साङ्ग दोर्जे शेर्पा र बलराम श्रेष्ठ ले संचालन गरेका थिए ।