अमेरिकाको कोलोराडोमा संगीतमय दीपावली

अमेरिका

कोलोराडो । अमेरिकाको कोलोराडो रहेको साकेला क्लबले यसपालीको दीपावली संगीतमय बनाउन सफल भएको छ । दीपावलीमा क्लबले आफ्नो  विभिन्न स्थानमा कार्यक्रम गर्दै कोलोराडो बासीलाई संगीतामय वाताबरण बनाउन सफल भएका छन ।

माइती घर, माईती घर, मेरो माइती घर – गीतमा साकेला क्लवका सदस्य कलाकार सपना गुरूङको नृत्यमा दर्शकहरुले मनोरन्जन लिन सफल भएका छन । शिरमा शिरवन्दी, मखमलको चोली, भाङ्ग्राको सारी, खुट्टामा पाउजु, नाकमा झुम्के फूली र पहेलो पटुकीमा झपक्क सजिएर माइतीलाई सम्झदैं माइती घर बोलको गीतका नृत्य गर्दा माइती घरका नायिका माला सिन्हा भन्दा कम देखिएका थिइनन् गुरुङ। धरानैको बजारमा माया बस्यो एकै नजरमा….बोलको नृत्यमा मालती मगरले पनि सबैको आकर्षण खिचेकी थिइन।

बाल कलाकार मन्जीला राईले सबैलाई मन्त्रमुद्य पारिन भने डाफे झैं नाच्ने….म त नेपालकी छोरी …..बोलका गीतमा नृत्य समापन संगै पुन अनुरोध आएको थियो । भाषा, धर्म, संस्कार-संस्कृति र चाँड-पर्वको संरक्षण गरौं – यी हाम्रा अमूल्य नीधिलाई युवापुस्तामा हस्तान्तरण गरौं भन्ने उद्देयकासाथ किरात राई सोसाईटी अफ अमेरीका र साकेला क्लवको संयुक्त आयोजनमा दिपावली सांगीतिक साँस्कृतिक कार्यक्रम सम्पन्न  भएको  हो । ‘विभिन्न २० स्थानमा दिपावली सांगीतिक-सास्कृतिक कार्यक्रम गर्दा करिव ४ हजार ५ सय डलर जम्मा भएको छ । संस्थाका अध्क्षय भीम राई ‘क्षीतिज’ले बताए ‘अभिभावक तथा मनकारी मनहरूले प्रदान गर्नुभएका सो रकमबाट साँस्कृतिक भेष-भूषा र वाद्य वादन खरिद गर्नेछौं, साथै कलाकार भाई वहिनीहरूलाई साँस्कृतिक-सांगीतिक  प्रक्षिणका कक्षाहरू संचालन गर्ने छौं ।’ तीन दिनसम्म भएकोे दीपावली कार्यक्रम कालोराडोको डेन्भर, ग्रीन भ्याली, अरोरा लगायतका स्थानमा आयोजना गरिएको थियो ।

सो साँस्कृतिक कार्यक्रमका लागि साकेला क्लवले एक महिनाबाट तयारी गरेको क्लवका संयोजक मालती मगरले बताए । साकेला क्लव किरात राई सोसाइटी अफ अमेरीकाको साँस्कृतिक विभाग हो । २२ जना साकेला क्लवका कलाकारको सहभागिताका सम्पन्न उक्त कार्यक्रमको कोरीयोग्राफी धन राईले गरेको सचिव वाखाहाङ राईले बताए । किरात राई सोसाईटी अफ अमेरीका २००४ सालमा अमेरीकामा स्थापना भएको गैर-मुनाफा मुलक सस्था हो । यसको विभिन्न राज्यमा शाखाहरू रहेका छन् ।

भर्खरै मात्र यो संस्थाले मानवीय कार्यको लागि माङखिम तथा समाधिस्थल निर्मार्णाथ हाङ जितेदास्ती साझ ५०७६ आयोजना गरेको थियो । यसको विभिन्न राज्यमा शाखाहरू रहेका छन् । भर्खरै मात्र यो संस्थाले मानवीय कार्यको लागि माङखिम तथा समाधिस्थल निर्मार्णाथ हाङ जितेदास्ती साझ ५०७६ आयोजना गरेको थियो ।

Post Comment