ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोमा सम्पन्न (फोटो फिचर)

अमेरिका

नातिबाबु भट्ट

कोलोराडो, नोभेम्बर १३ , २०१६। नेपाली चलचित्र गाउंदेखि विश्वसम्म भन्नेनाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्थरमा प्रचार प्रसार र प्रर्दशन गरि नेपाली कला संंस्कृतीलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजित खुम्बुकोल्स् ग्लोबल नेपाली फिल्म अवार्ड २०१६ सनिबार सम्पन्न भयो ।

नेपाल फिल्म सोसाईटी, अमेरिका नेपाल टेलीभिजन र बिआरटि नेपाल डटकमको संयुक्त आयोजनामा कोलोराडो स्थित बु्रमफिल नगरमा सम्पन्न कार्यक्रममा नेपालका ख्याती प्राप्त सिने कर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । पूर्व सुचना तथा संचार मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभाषद मिनिन्द्र रिजालको प्रमुख आतिथ्यतामा नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रममा फिल्म अवार्ड, पर्बतारोहीहरुलाई सम्मान तथा अभियान अर्वाड समेत बितरण गरिएको थियो ।

उत्कृष्ट सिनेमा, कुशल निर्देशक, कुशल सिनेमा ग्राफर, उत्कृष्ट नायक, नायिका लगायत बिभिन्न बिधामा फिल्म अवार्डहरु बितरण गरि सिनेकर्मिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी मिनिन्द्र रिजाल, स्थानीय बु्रफिल काउन्ट्रि मेयर रेन्डी एरेन्स लगायत बिभिन्न अतिथी तथा प्रायोजकहरुबाट बितरण गरिएको अवार्डबाट सम्मानित हुनेहरुमा बसुन्धरा भुषाल, गिहिन्द्र धिमाल, बसन्त श्रेष्ठ, शिव श्रेष्ठ, भुवन केसी, शर्मिला मल्ल, सुनिल थापा, कृष्ण मल्ल, शम्भुजित बास्कोटा, दिबांगत नायक श्रीकृष्ण श्रेष्ठ, आरपी पन्थ, पुरुषोत्तम प्रधान, संजय लामा, राजबल्लब कोईराला, नन्दिता केसी, शिबहरि पौड्याल लगायतका बिभिन्न बिधाका सिनेकर्मिहरु रहेका छन् ।

दिबांगत नायक श्रीकृष्ण श्रेष्ठको सम्मान ग्रहण पछि स्टेचमा बोल्दै गर्दा उनकी जिवन संगिनी तथा नायीका श्वोता खड्का भक्कान्निए पछि केही समय हल स्तब्ध बनेको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बिश्वको सर्बौच्च शिखर सगरमाथा १६ पटक सम्म चढ्ने दानुरु शेर्पा, १६ बर्षको सानै उमेरमा सगरमाथा चढेर गिनीज बुकमा नाम लेखाउन सफल तथा बाबु छोरी दुबै सगरमाथा चढेर किर्तिमान समेत राख्न सफल ङिमा छम्जी शेर्पा, ९ पटक सगरमाथा चढ्ने पासाङ्ग तेन्जिङ शेर्पा, ७ पटक सगरमाथा चढ्ने डिमाकर्म शेर्पा, ६ पटक सगरमाथा चढ्ने मिङ्मा ओङ्गेल शेर्पा, , सगरमाथा र केटु हिमालको सफल आरोहण गर्ने दावा याङजुम शेर्पालाई कार्यक्रमका प्रमुख अतिथी लगायत बिभिन्न ब्यत्तित्वहरुबाट खादा पहि¥याई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

यसैगरी कार्यक्रममा देश बाहिर बसेर पनि सिनेमा क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्ने उद्धेश्यले कृष्ण मल्लबाट सुरु गरिएको अभियान अवार्ड पनि बितरण गरिएको थियो । यसरी अभियान अवार्डबाट सम्मानहरुमा लाक्पा शेर्पा, रोहीणी कुमार शर्मा, बिलोल पोख्रेल रहेका छन् ।

कार्यक्रममा बसुन्धरा भुषाल, शिब श्रेष्ठ, भुबन केशी, शम्भुजित बास्कोटा, सुनील थापा, नन्दिता केशी, नारायण त्रीपाठी, शिबहरी पोड्याल, महादेब त्रीपाठी लगायतका कलाकारहरुले नाच, गान तथा हास्यकला प्रदर्शन गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा फेशन सो, राष्ट्रभक्तिका गीत र कार्यक्रमा उपस्थित अतीथीहरुबाट संयूक्त रुपमा स्मारीकाको बिमोचन समेत गरिएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा सम्पन्न स्वागत मन्तब्य कार्यक्रममा आफ्नो धारण राख्दै अथितीहरुले यस अवार्ड आयोजनाको महत्वबारे प्रकास पार्दै आयोजकलाई धन्यबाद दिएका थिए । यसरी मन्यब्य राख्ने प्रमुख अतिथी, बिशेष अतिथी तथा आयोजकहरुमा प्रमुख अतिथी मिनिन्द्र रिजाल, बु्रफिल काउन्ट्रि मेयर रेन्डी एरेन्स, संगितकार शम्भुजित बास्कोटा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, कार्यक्रमका नेपाल तर्फका संयोजक तथा ब्यवस्थापक मधुकुमार श्रेष्ठ, तथा अमेरिका तर्फका आयोजक अमेरिका नेपाल टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठ, नबराज श्रेष्ठ र बिआटि नेपाल डटकमका शैलेस पोख्रेल रहेका थिए ।

कार्यक्रमको पहिलो सत्र जयप्रकास रिजालले सञ्चालन गरेका थिए भने दोश्रो सत्र शरोज र जिज्ञासाले संयूक्तरुपमा संंचालन गरेका थिए । कार्यक्रम तोकिएको समय भन्दा झण्डै ३ घण्टा पछि सुरु भएको थियो । कार्यक्रममा स्थानिय संघ संस्थालाई बाईपास गरिएको भन्नेहरु बाक्लै थिए । कार्यक्रम राती एघार बजे सम्म संचालन भएको थियो ।

nepalifilmlyawards-201610019

nepalifilmlyawards-201610001

nepalifilmlyawards-201610002

nepalifilmlyawards-201610018

nepalifilmlyawards-201610017

nepalifilmlyawards-201610016

nepalifilmlyawards-201610015

nepalifilmlyawards-201610014

nepalifilmlyawards-201610013

nepalifilmlyawards-201610012

nepalifilmlyawards-201610011

nepalifilmlyawards-201610010

nepalifilmlyawards-201610009

nepalifilmlyawards-201610008

nepalifilmlyawards-201610007

nepalifilmlyawards-201610006

nepalifilmlyawards-201610005

nepalifilmlyawards-201610004

nepalifilmlyawards-201610003

Post Comment