संयक्त राज्य अमेरिकाको नयाँ राँष्ट्रपति पदकालागि भएको निर्वाचनमा पराजित हिलरी क्लिन्टनले हालैको आश्चर्यजनक हार पछाडि त्यहाँको संघीय जाँच ब्युरो एफबीआइका निर्देशक जेम्स कोमी प्रमुख कारण रहेको आरोप लगाएकी छन् ।
बीबीसीका वीरा डेभिसले भने, क्लिन्टन आफ्ना ठूला दाताहरुसँग सामूहिक टेलिफोन कुराकानीमा थिइन् । र, उनले आफ्नो हारका लागि जेम्स कोमीलाई दोष लगाएको बताइएको छ । कोमीले चुनाव आउन जम्मा एकसाता मात्रै बाँकी रहँदा आफू विदेशमन्त्री भएको बेला प्रयोग गरिएका इमेलहरुबारे पुन अनुसन्धान थालिएको भनेर घोषणा गरेपछि त्यसले चुनावी अभियानको गतिलाई बिथोलिदिएको क्लिन्टनले बताइन ।
चुनावको तीन दिनअधि अर्के घोषणा गर्दै कोमीले क्लिन्टनका इमेलहरुबारे एफबीआइले समीक्ष गर्दा त्यसमा उनको कुनै गल्ती नदेखिएको घोषणा गरेका थिए ।
राष्ट्रपती र्निवाचन पछीको पाँचौ दिन पनि विभिन्न शहर हरुमा हजारौ प्रदर्शनकारीहरु द्धारा डोनल्ड ट्रम्पविरुद्ध प्रर्दशन गरीरहेका छन् र प्रदर्शनकारीहरुले ट्रम्पको घर ट्रम्प टावर र उनको कार्यलय तर्फ निरन्तर र्याली गदै अगाडी बढीरहेका छन् ।