ट्रम्पलाइ ओबामाको सुझाव :अन्तर्राष्ट्रिय मापदण्ड पालना नगरे रुसको सामना गर्न सुझाव

अमेरिका

, मंसिर ३ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो उत्तराधिकारी डोनाल्ड ट्रम्पलाई आगामी दिनमा रुसले अन्तर्राष्ट्रिय मापदण्ड पालना नगरे रुसको सामना गर्न सुझाव दिएका छन् ।बर्लिनमा जर्मन चान्सलर एंगेला मर्केलसँगको छलफलपछि अमेरिकी राष्ट्रपति ओबामाले रुसकाविषयमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको व्यवहारिक राजनीति काम नलाग्ने बताए ।ओबामाले नवनिर्वाचित राष्ट्रपति ट्रम्पले रुससँग सकारात्मक सम्बन्धबनाउन प्रयास गरिरहेको भए पनि त्यो अमेरिकी मूल्य–मान्यता अनुरुप हुनुपर्नेमा जोड दिए । रुसले अमेरिकी मूल्य–मान्यता र अन्तर्राष्ट्रिय मापदण्डलाई भड्काउने प्रयास गरेमा अमेरिकाले उसको सामना गर्नुपर्ने ओबामाको भनाइ थियो ।राष्ट्रपति ओबामा र चान्सलर मर्केलबीच अमेरिका र युरोपियन युनियन निकट सहयोगीका रुपमा काम गर्ने सहमति भएको छ ।भेटवार्तामा दुई नेताबीच एक–अर्काको नेतृत्वको प्रशंसा गरेका थिए ।ओबामाले मर्केलको मूलभूत सिद्धान्त, मान्यता र संवेदनशीलताको प्रशंसा गरे ।

Post Comment