मंसिर५। अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्वाचित डोनाल्ड ट्रम्पले रिपव्लिकन पार्टी भित्रका आफ्ना कट्टर आलोचक मिट रोम्नीलाई भेटेका छन्। शनिवार ८० मिनेट लामो भएको भेटबारे दुवैले विस्तृत विवरणहरु दिएका छैनन् तर रोम्नीलाई विदेशमन्त्री प्रस्ताव गर्न भेट वार्ता भएको हुनसक्ने जानकारहरुले अड्कलवाजी गरेका छन्।
अमेरिकाको न्यू जर्सी स्थित ट्रम्प न्यासन गल्फ क्लवमा रोम्नी पुग्दा ट्रम्पले आफ्नो पुरानो साथीलाई जस्तै स्वागत गरेका थिए। भेट पश्चात प्रतिक्रिया दिने क्रममा रोम्नीले ट्रम्पसँगको भेट दुरगामी र विस्तृत भएको वताएपनि आउँदो नयाँ प्रसासनमा रोम्नीको भूमिका के हुन्छ भन्नेबारे केहि बोल्ल चाहेनन्। तर राष्ट्रपतिय चुनावको प्रसार प्रचार गर्ने क्रममा रोम्नीले असहयोग मात्रै गरेनन् ट्रम्पलाई धोकेबाज समेत भनेका थिए। त्यस्तै ट्रम्पले पनि २०१२ मा रोम्नीको राष्ट्रपतिय दौडलाई अहिले सम्मको खराब र असफलको संज्ञा दिएका थिए।
तर हाल दुबैजनाले विगतको तितो सम्बन्धलाई सुधार गर्ने पक्षमा भएको कुरा जानकारहरु बताउँछन्। ट्रम्पले आफ्नो कार्यकालमा रोम्नीलाई विदेशमन्त्रीको पलकालागि प्रस्ताव गर्नसक्ने सम्मको अड्कलबाजीहरु भईरहेका छन। सन् २०१२ को राष्ट्रपतीय निर्वाचनमा पराजित भएका रोम्नी अब फेरी राजनीतिमै फर्कन चाहिरहेको र त्यसकालागि ट्रम्पनै आधार बन्न सक्ने पनि बताइएको छ।