अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प हृाइट हाउसमा नबस्ने।

अमेरिका

मंसिर ६। अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएपछि वाशिङटन डीसीस्थित राष्ट्रपति निवास हृाइट हाउस सरे पनि प्रथम महिला मेलानिया ट्रम्प तथा उनका १० बर्षे छोरा बारोन ट्रम्प भने उनिहरुको न्यूयोर्क स्थित घर ट्रम्प टावरमै बस्ने भएको समाचार संस्था एएफपीले जनाएको छ ।
ट्रम्पको टा«न्जिसन टिमका सदस्य संचार निर्देशक जासन मिलरले पत्रकारलाई बताए अनुसार उनका १० बर्षे छोरा बारोन ट्रम्पको पढाइका कारण पढिरहेको शैक्षिक शत्रको बीचमा स्कुलबाट निकाल्न नचाहेकोले नबस्ने निर्णय गरेको हुन सक्ने बताएका छन् । तर यो निर्णय शैक्षिक शत्रको अन्त्य सम्मका लागि मात्रै हुन सक्ने बताइएको छ। त्यसपछि वाशिङटन डीसी सर्न सक्ने सम्भावना रहेको बताइएको छ । डोनाल्ड ट्रम्पले जनवरी २० देखि नयाँ राष्ट्रपतिको रुपमा कार्य सम्हाल्ने छन्।

Post Comment