७ मंसिर। अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पदभार सम्हालेको पहिलो दिनमा नै एक कार्यकारी आदेश जारी गरि ट्रान्स प्यासिफिक पार्टनरशीप व्यापार सम्झौताबाट फिर्ता हने बताएका छन्। उक्त टिपीपी सम्झौता राष्ट्रपति ओबामाको व्यापार नीतिको एक प्रमुख हिस्सा रहँदै आएको छ।
जनवरीमा हृाइट हाउस प्रवेश गरेपछि शुरुमा आफु के गर्न चाहन्छु भन्ने बारे एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले उक्त घोषणा गरेका हुन। टिपीपी भनिने सो व्यापार सम्झौता विश्वको अर्थतन्त्रको ४० प्रतिशत हिस्सा ओगट्ने १२ देशले हस्ताक्षर गरेका थिए । सन् २०१५ मा हस्ताक्षर गरिएको उक्त सम्झौतामा जापान ,मलेसिया, अष्टे«लिया, न्यूजील्याण्ड ,क्यानडा तथा मेक्सिको सहभागी छन् । उक्त सम्झौतामा अनुमोदन भने भइसकेको थिएन सम्झौताका पक्षधरकाले त्यसले आर्थिक सम्बन्ध गहिरो बनाइ वृद्धि हासिल गर्ने उदेश्य लिएको बताउने गरेका छन् भने विरोधीहरुले सो सम्झौता गोप्य रुपले गरिएको र ठुला कम्पनीलाई फाईदा हुने खालको भएको भन्ने गरेका छन्।
सोमबार जापानी प्रधानमन्त्री शीन्जो ओबेले अमरिका विना ट्रान्स प्यासिफिक पार्टनरशीप व्यापार सम्भौता अर्थहीन हुने बताएका थिए । भिडियो सन्देशमा ट्रम्पले कोइला उत्पादनमा उनकै शब्दमा रोजगारका अवसर मार्ने गरि लगाइएका रोकावटहरु कम पार्ने तथा अमेरिकि कामदारलाई असर पार्ने खालका भीजा दुरुपयोग रोक्ने बताए ।उक्त सन्देशमा उनले अमेरिका फस्र्ट अर्थमा अमेरिकालाई पहिलो प्राथमिकतामा राख्रे नै आफ्नो मुल एजेण्डा हुने बताए।
कार्यकालको पहिलो दिन आफुले चाल्ने ६ प्रमुख कार्यकारी कदम उनले प्रष्ट्याए । जसमा टिपीपीबाट फिर्ता हुने ,अमेरिकी उर्जा उत्पादनमा लगाइएका तगारा हटाउने ,व्यापारमा लागेका नियमन खुकुलो पार्ने,साइबर हमलासंग जुध्न योजना बनाउने ,भीजा दुरुपयोग अनुसन्धान गर्ने तथा सरकारी सेवा छाडेकाहरुलाई पाँच वर्षसम्म कसैको पक्षमा लब्बिइस्टको काम गर्नबाट प्रतिबन्ध लगाउने रहेका छन्।