हिलारीका इमेलमाथि थप अनुसन्धान नहुने।

अमेरिका

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनले विदेशमन्त्री हुँदा प्रयोग गरेको इमेल विवादबारे आफुले थप अनुसन्धान नगराउने बताएका छन्। द न्युयोर्क टाइम्सलाई विभिन्न विषयमा दिएको अन्तरवार्तामा उनले क्लिन्टन परिवारलाई थप चोट नपुर्याइ आफू अघि बढ्न चाहेको बताए । चुनावी अभियानका क्रममा व्यक्त जलवायु परिवर्तन सम्बन्धी प्यारिस सम्झौताबारे उनको धारण पनि पहिले भन्दा केहि नरम जस्तो देखिएको छ।

शुरुमा न्युयोर्क टाइम्ससँगको अन्तरवार्ता रद्द गरेको बताएका ट्रम्पले पछि टाइम्सकै मुख्यालयमा गएर सो अन्तरवार्ता दिएका थिए । ट्रम्पको अन्तरवार्ताका क्रममा उनि कतिपय चुनावी अभियानका क्रममा व्यक्त वाचाबाट केहि पछि हटेको जस्तो बुझिएको थियो । हिलारी क्लिन्टनले विदेशमन्त्री छँदा निजी सर्भरबाट इमेल पठाएकोमा कारबाही गर्ने धारण चुनावी अभियानका क्रममा राखेका ट्रम्पले क्लिन्टनले दुख पाइसकेको भन्दै उनको परिवारलाई आफूले थपचोट नपुर्याउने बताए ।

त्यसअघि उनकी प्रवक्ताले ट्रम्ले उक्त विषयको अनुसन्धानका लागि विशेष अभियोजनकर्ता नियुक्त नगर्ने प्रष्ट पारेकी थिइन्। एमएसएनबिसीलाई दिइको अन्तरवार्तामा ट्रम्की प्रवक्ता केल्यान कोनवेले भनिन्, “हिलरी क्लिन्टनले अहिले पनि के तथ्य आत्मसात गर्नैपर्छ भने बहुसंख्यक अमेरिकीले उनलाई इमान्दार र विश्वसनीय अझै ठान्दैनन् । तर यदि डोनल्ड ट्रम्पले उनलाई त्यसबाट मुक्त हुन सहयोग गर्न सक्छन् भने शायद त्यो राम्रो काम हो ।” डेमोक्रयाट तर्फकी राष्ट्रपति उम्मेदवार क्लिन्टन इमेल विवादमा दोषी नदेखिएको मतदानको केहि अघि अमेरिकी संघिय जाँच ब्युरो एफबिआइले बताएको थियो।

Post Comment