९ मंसिर। संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा आफनो प्रशासन सञ्चालनको निमित्त शिक्षामन्त्री र राजदूत जस्तो महत्वपूर्ण दुई पदमा महिलाहरुलाई नियुक्त गर्ने निर्णय गरेका छन् । जसमध्ये राजदूतमा निक्की हेली रहेकी छन्। उनी भारतीय आप्रवासी परिवारकी छोरी हुन् र उनले अमेरिकामा मुसलमानहरुलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पको प्रस्तावको चर्को आलोचना गरेकी थिइन।
दुवै मनोनयनलाई रिपब्लिकन पार्टी नियन्त्रणमा रहेको अमेरिकी सिनेटले मनोनयन गर्नुपर्ने छ । हेली ट्रम्पको आलोचक थिइन उनले राष्ट्रपति उम्मेदवार मनोनयनको दैडमा पराजित गर्न लागिपरेको अभियानको प्रमुख नेता मध्य पर्थिन्। ४४ बर्षीय हेलीले अर्बपति व्यापारि ट्रम्पकै पक्षमा मतदान गरिन र त्यसपछि ट्रम्पको प्रस्ताव अनुसार मन्त्रिस्तरको राष्ट्रसंघका लागि अमेरिकी राजदुतको पद ग्रहण गर्ने निर्णय गरेकि छन।
शिक्षामन्त्रीका रुपमा मनोनित बेट्सी डिभोसले आफू सम्मानित भएको महसुस गरेको बताएकी छन्। मिशिगनकी अबर््ापति उनले रिपब्लक पार्टीलाई आर्थिक सहयोग उपलब्ध गराएकी थिइन । एक समय ट्रम्पले जथाभाबि काममा बाधा पुर्याउने भन्दै उनले रिपब्लिक पार्टीको प्रतिनिधित्व गरिन।