अमेरिकाको तीन राज्यमा पुनः मतगणनाको माग।

अमेरिका

११ मंसिर। संयुक्त राज्य अमेरिकामा हालसालै सम्पन्न भएको राष्ट्रपतिय निर्वाचनमा विस्कन्सिन राज्यमा डोनाल्ड ट्रम्प झिनो मत अन्तरले विजयी भए पनि उक्त राज्यमा राष्ट्रपति चुनावी मतको पुनःगणनाका लागि आग्रह भएको छ। ग्रीन पार्टीकी राष्ट्रपतिय उम्मेदवार जिल स्टेनले पुनः मतगणनाको माग गरेकि छन्। उनले मतगणनाको माग गरे अनुसार पुन मतगणनाको प्रक्रिया आगामि साता सुरु हुने बताएकि छन्। उनले मिसिगन र पेन्सिलभेनिया राज्यमा पनि पुनःमतगणनाका लागि औपचारिक अनुरोध गर्ने घोषण गरेकी छन्।
राष्ट्रपति चुनावमा ट्रम्पले २९० र क्लिन्टनले २३२ इलेक्टोरल मत पाएका थिए । मिसिगनको औपचारिक परिणम घोषण भएको छैन तर ट्रम्पले जित्ने पक्का जस्तै छ। तिन वटै राज्यको नतिजा उल्टिएमा डोनाल्ड ट्रम्प राष्ट्रपतिबाट रोकिने छन् र हिलारी क्लिन्टनले बाजी मार्नेछिन्। तर यो सम्भावना ज्यादै न्युन भएको विश्लेषकहरु बताउँछन्।
कम्युटर ह्याकरहरुले ट्रम्पलाई जिताउनका लागि नतिजा फेरबदल गरे नगरेको निश्चित हुनका लागि स्टेनले पुन मतगणनाको निवेदन हालेकि अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । मतदान हुनु अधि चुनावी प्रणलीमा सम्भावित रुसी हस्तक्षेपबारे चिन्ताहरु व्यक्त भएका थिए।
डेमोक्रयाटिक पार्टीको सम्मेलनका सम्बन्धमा विवरणहरु बाहिरिएको घटनामा पनि रुस संलग्न देखिएको भन्दै ट्रम्पलाई जिताउनका लागि उसले कम्युटर प्रणलीमा हस्तक्षेप गर्न सक्ने आशंकाहरु व्यक्त हुदै आएका थिए ।

Post Comment