महाबीर पुनको सिकागोवासीसंग अन्तरक्रिया हुँदै

अमेरिका

नेपाल आबिस्कार केन्द्रका अध्यक्ष तथा नेपालका हिमाली, पहाडी तथा अति दुर्गम क्षेत्रका जनतालाई इन्टरनेट सेवा उपलब्ध गराएर भूमण्डलीकरण को बर्तमान युगमा आर्थिक रुपले बिपन्न जनतालाई समेत मुल प्रवाहमा समाहित हुन अवसर प्रदान गरे बापत बिश्व बिख्यात मेगासेसे पुरस्कारबाट सम्मानित महाबीर पुन डिसेम्बरको दोश्रो हप्ता इलिनोइ राज्यको सिकागो शहरमा आउदै हुनुहुन्छ ।

नेपालमा एउटा बैज्ञानिक अनुशन्धानका लागि आविस्कार केन्द्र निर्माण गर्ने पबित्र उद्धेश्य राखेर स्वदेश तथा बिदेशका सबै तह र तप्काका जनसमुदायसंग अन्तरक्रिया गर्ने अभियान अन्तर्गत पुन सिकागो आउदै हुनुहुन्छ । महाबीर पुनको सिकागोको कार्यक्रम गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको इलिनोइ च्याप्टरले आयोजना गर्ने भएको छ ।

कार्यक्रमका बारेमा प्रष्ट पार्दै इलिनोइ च्याप्टरका अध्यक्ष सुमन वस्तीले महाबीर पुन को आसन्न कार्यक्रमलाइ इलिनोइ बासीले उत्सुकताका साथ प्रतीक्षा गरिरहेको कुरा बताउनु भयो । अन्तरकृया कार्यक्रमको मिति, समय र स्थान चॉडै सार्बजनिक गरिनेछ।

Post Comment