अमेरिकामा सोमालियाली शरणार्थीको आक्रमण।

अमेरिका

मंसिर १४, संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको राजधानी कोलम्वस स्थित विश्वविद्यालय क्षेत्रमा भएको सोमालियाली शरणर्थीको आक्रमणमा ११ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको त्यहाँका अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।
अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ओहायो विश्वविद्यालय क्षेत्रमा चक्कु प्रहारका कारण ११ जना घाइते भएका हुन। चक्कु प्रहार गर्ने अब्दुल रजाक अली २० बर्षको सोमालियाली छात्र थिए । ती छात्रले आफ्नो कार सडक पेटिमा चढाएर त्यहाँबाट उत्रिएपछि बाटोमा हिड्ने व्यक्ति माथि अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । चक्कु प्रहार गर्ने छात्रको तत्काल प्रहरीले गोली हान्दा उनको मृत्यृ भएको राज्यको प्रहरी प्रमुख किम ज्याकोबाले बताएका छन्।
स्थानिय मिडिया रिपोर्टका अनुसार आक्रमणकारी कानुनी स्थायी बसोबास अनुमति पत्र लिएर अमेरिकामा बसेका सोमाली शरर्णर्थी भएको बताइएको छ। उनले सोही विश्वविधालयको कलेज अफ बिजनेसमा लजिस्टिक म्यानेजमेन्ट अध्ययन गरेको बताइएको छ । प्रहरी प्रमुख किम ज्याक्सनले उक्त हमला चरमपन्थी भए नभएको अनुसन्धान भइरहेको बताए । घटनाका प्रत्यक्षदर्शीले तीनवटा गोली चलेको आवाज सुनेको बताए । ओहायो विश्वविद्लयमा करिब साठ्ठी हजार विद्यार्थी अध्ययन गर्छन्।

Post Comment