व्यवसायबाट हटेर राष्ट्रपतिय काममा केन्द्रित हुन्छुः ट्रम्प

अमेरिका

१६ मंसिर। संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिय जिम्मेवारिमा केन्द्रित रहन र स्वार्थ बाझिन सक्ने संभावना रोक्न आफ्नो व्यवसाय पूर्ण रुपमा छोडने कुरा ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत उक्त घोषण गरेका हुन् । डिसेम्बर महिनामा उनले आफ्ना छोराछोरी सहित योजनाको विस्तृत विवरण प्रेस सम्मेलन मार्फत दिने बताएका छन्।

उनका तीन छोराछोरी ट्रम्प साम्रज्यमा महत्वपूर्ण भूमिकामा छन् तर ट्रम्पका ह्वाइट हाउस प्रमुख राइन्स प्रिवसले एउटा टेलिभिजन कार्यक्रममा ट्रम्पले आफना छोराछोरीलाई व्यवसाय सुम्पिनेछन या कुनै अमुक ट्रष्टलाई जिम्मा लगाउछन् भन्ने बारे बोल्न अस्वीकार गरेका थिए ।

ट्वीटमा भनिएको छ डिसेम्बर १५ का दिन म न्यू योर्क शहरमा मेरा बच्चाहरु सहित ठुलो प्रेस सम्मेलन गर्ने छु र मेरो राम्रो व्यासाय सम्पूर्ण रुपमा छोड्ने छु ताकि देश संचालनमा केन्द्रित रहि अमेरिकालाई फेरी महान बनाउन सकुं । त्यसैले व्यवसायबाट पूर्ण रुपमा बाहिर बस्न कानुनी दस्तावेजहरु तयार हुदैछन् राष्ट्रपति बन्नु अझ धेरै महत्वपूर्ण काम हो।

यस अघि ट्रम्पले व्यवसाय र राष्ट्रपती भूमिका बीच बाझिन सक्ने स्वार्थका विषयलाई अस्वीकार गर्दै आईरहेका थिए। यसैबिच गोल्डम्यान स्याक्सका कार्यकारी स्टेभन मनुशीनले आफुलाई अर्थ मन्त्रीका रुपमा रोजिएको पुष्टी गरेका छन् । ट्रम्पका पूर्व अभियान वित्त निर्देशक मनुशीनले अर्बपति लगानि कर्ता विल्बर रसलाई वाणिज्य मन्त्रीका लागि रोजेको बताए। ट्रम्प र उनको संक्रमणकाल व्यवस्थापन समुहले नियुक्तिहरु प्ुाष्टी गर्न बाँकी छ ।जनवरी २० तारिख राष्ट्रपति सम्हाल्ने ट्रम्पले न्यू योर्क टाइम्ससंगको कुराकानिमा दुई वटा क्षेत्रका आफ्ना दायित्व छुट्याउने बारे सोचिरहेको तर आफुले दुवैलाई एकसाथ राम्रोसंग सञ्चालन गर्न सक्ने विश्वास रहेको बताएका थिए ।

ट्रम्पले बीस मिनेटको अबधीमा चारवटा ट्वीट गर्दै आफ्नो व्यवसायबाट आफु टाढा रहेको योजनामा केन्द्रित रहे कानुन अनुसार मैले त्यसो गरिरहनु पर्दैन तर राष्ट्रपतिका रुपमा व्यवसायबाट पृथक रहनु ठीक हो जस्तो लाग्यो ताकि मेरो स्वार्थ नबाझियोस्।

Post Comment