जेम्स म्याटिस रक्षा मन्त्री – ट्रम्प

अमेरिका

मंसिर १७, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनरल जेम्स म्याटिसलाई नयाँ रक्षमन्त्री बनाउने भएका छन्। ओहिओमा आयोजित र्यालीमा ट्रम्पले म्याटिसको नाम लिँदै भने उनि सर्वश्रेष्ठ छन्। म्याटिस मध्य पूर्व राष्ट्र प्रति ओबामा प्रशासनको नीतिको आलोचकका रुपमा चिनिन्छन्। उनले विशेषगरी इरान नीतिको खुलेर आलोचना गर्ने गरेका छन्। म्याटिस कडा रुपमा इरान प्रति अविश्वास तथा रणनीति सूझबुझका लागि परिचित छन।

उनले सन् २००१ मा दक्षिणि अफगानिस्तानमा एक टास्क फोर्सको कमाण्ड समेत गरेका थिए । उनी सन् २०१३ मा अमेरिकी केन्द्रिय कमाण्डका कमाण्डर भएर सेवा निवृत्त भएका थिए तर ट्रम्पलाई म्याटिस नियुक्त गर्न संवैधानिक बाधा पार गर्न पर्ने छ। अमेरिकी कानुन अनुसार सेवानिवृत्त भएको ७ वर्षपछि कुनै पनि पूर्व सैन्य अधिकारी रक्षामन्त्री नियुक्त गर्न सकिने छ ।

मध्य पूर्वको शान्ति तथा स्थिरताका लागि इरान सबैभन्दा बढी खतरा रहेको म्याटिसको ठहर छ। सेवानिवृत्त म्याटिस सन् १९९१ मा भएको पहिलो खाडी युद्धमा एक बटालियनको नेतृत्वमा रहेका थिए ।

Post Comment