१८,मंसिर । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति साई इंग–वेनसँग टेलिफोन वार्ता गरेका छन् ।
ट्रम्पले ताइवानी राष्ट्रपतिलाई टेलिफोन गरेको र दुई नेताबीच आर्थिक, राजनीतिक तथा सुरक्षा क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९७९ मा औपचारिक सम्बन्ध टुटेयता अमेरिका र ताइवानबीच संवादहीनता बनेको थियो । त्यसपछि कुनै अमेरिकी राष्ट्रपतिले ताइवानी नेतासँग औपचारिक कुरा गरेका थिएनन् ।
तर ट्रम्पले अमेरिकी नीति विपरित ताइवानी राष्ट्रपतिसँग कुराकानी गरेका हुन् । चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा हेर्ने गरेको छ भने ताइवानले आफू स्वतन्त्र राष्ट्र रहेको बताउँदै आएको छ ।
ट्रम्पको कार्यले चीन र अमेरिकाबीचको सम्बन्धमा दूरी बढ्नसक्ने विश्लेषण गरिएको छ ।
चीनले भने यसबारेमा अहिलेसम्म कुने प्रतिक्रिया दिएको छैन । साई इंग–वेन गएको जनवरीमा ताइवानको राष्ट्रपति बनेका हुन् ।
ताइवानको पहिलो महिला राष्ट्रपति साई चीनबाट स्वतन्त्रताको पक्षमा छन् ।